लुम्बिनी प्रदेशको राजधानी निर्माण लागि संघीय सरकारसंग बजेट माग

0
Quantam abroad studies

मानसिंह विश्वकर्मा , भाद्र २७
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको भाद्र २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेश सरकारको पहिलो गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तिव्ररुपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन नेपाल सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको छ ।

बैठकले लुम्बिनी प्रदेश राजधानीको पूर्वाधार विकासका लागि विभिन्न दातृनिकायहरु तथा अन्तरराष्ट्रिय वित्तीय संस्थाहरुसँग आवश्यक स्रोत व्यवस्थापनक गरिदिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले प्रदेशका विपद्जन्य घटनाबाट क्षतिग्रस्त उद्योगलाई सहयोग तथा राहत प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गर्ने गरेको बताउनुभयो । यस्तै बैठकले ग्रामीण सडक संजाल सुधार आयोजना, कार्यान्वयन इकाई संचालनका लागि अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

यस्तै मन्त्रीपरिषद्ले रोल्पामा रहेको तिला जनयुद्ध संग्रहालय विकास समितिमा देहायका व्यक्तिहरु सदस्यमा कृष्णकुमार नेपाली, रोल्पा, लालसरी घर्तीमगर, रोल्पा, मान बहादुर पुन, रोल्पालाई मनोनित गरेको प्रवक्ता शर्माले बताउनुभएको छ । यस्तै चुन्वाङ्ग शान्ति संग्रहालय विकास समितिमा सदस्यमा टिकाबहादुर उपाध्याय, रुकुम पूर्व, ललिता बुढा, रुकुम पूर्व, श्री टेक बहादुर बुढा, रुकुम पूर्वलाई मनोनित गरेको छ ।

sahani furniture udyog

यस्तै सरकारले प्रबक्ता तिलकराम शर्माले उच्च शिक्षामा मुक्त कमैया, कम्लहरी, मुस्लिम र सीमान्तकृत छात्रवृत्ति विवरण कार्यविधि, २०७९ स्वीकृत गर्ने र डा. विष्णु गौतम (एघारौंतह) लाई पाल्पा अस्पताल, तानसेनमा कामकाज खटाउने निर्णय गरेको बताउनुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.