
तौलिहवा , असोज २
यशोधरा गाउँपालिकाले सिमानाकामा सरसफाइ कार्यक्रमको आयोजनामा गरि सातौं संविधान दिवस मनाएको छ ।
यशोधरा गाउँपालिका वडा नं. ७ स्थित मर्यादपुर सीमा-नाकामा “स्वच्छ यशोधरा,सुन्दर यशोधरा,हाम्रो यशोधरा राम्रो यशोधरा” भन्ने मुल नाराका साथ सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी , प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीवास्तव लगायत जनप्रतिनिधि , कर्मचारी , नेपाल प्रहरी , सशस्त्र प्रहरी र आम जनमानसको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीवास्तव , यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी लगायतका वक्ताले सम्बोधन गरेका थिए । अध्यक्ष तिवारीले पालिकाको बिकासका लागी आफ्नो कलर समातेर काम गराउन सक्ने बताएका छन् । यसैगरी मर्यादपुर तौलिहवा बनाउने र कपिलवस्तु नगरपालिका भन्दा राम्रो आफ्नो पालिकाको बिकास गर्ने समेत दाबी गरेका छन् ।

सो कार्यक्रममा समुदाय प्रहरीले साझेदारी गरेको थियो । कार्यक्रममा सिमानाकामा कुचोले बढाल्दै ब्यानर सहितको टोलिले जनचेतना मुलक संदेश दिदै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका दौरान संविधान दिवसको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
