समाचार संकलनको क्रममा कपिलवस्तु प्रहरीद्वारा पत्रकार माथी दुर्व्यवहार सम्बन्धमा पत्रकार संगठनको ध्यानाकर्षण

0
Quantam abroad studies

कपिलवस्तु , असोज ९
नेपाल प्रेस चाैतारी जिल्ला कार्यसमिति सदस्य , राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनी राम काेरी माथि फाेटाे र भिडियो बनाउने क्रममा प्रहरीले दुर्यब्यवहार गरेकाे छ ।

अाइतवार दिउसो ४ बजेर २० मिनेटकाे समयमा महाराजगन्ज नगरपालिका वडा नं १ बस्ने धनी राम काेरी माथि प्रहरीले श्री बुद्ध पद्य माध्यमिक विद्यालयकाे खेल मैदानमा म्यादी प्रहरी छनाेट भइरहेको स्थानमा पत्रकार काेरीलाई प्रहरीले गाली गलौज तथा दुर्यब्यहार गरेको पत्रकार धनीराम कोरिले आफ्नो फेसबुक वालबाट जानकारी गराएका छन् ।

sahani furniture udyog

प्रहरीले माेबाइल खाेसेर , दुर्ववहार र अपशब्दको प्रयोग गरेको पत्रकार कोरिले बताएका छन् । पत्रकारलाई थुन्ने , मुख फाेड्ने लगायतको धम्की सहित गाली गलाैज समेत गरेको पत्रकार धनीराम कोरिले बताएका छन् ।

सो घटनापछि राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले प्रेस बिज्ञप्ति जारी गर्दै घटनाम गम्भीर ध्यानाकर्षण भएको बताउदै दोषीलाइ कारबाहीको माग गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.