शत्रुघन खरविन्द , कपिलवस्तु , असोज १८
जिल्लामा रहेका थारु सामुदायले पितृ विसर्जन आज गरेका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १० ढढीहवा गाउँका थारु सामुदायले आफनो पुर्वजहरुको अथाव पितृहरुको सम्झनमा सो कार्यक्रम गरिएको हो ।
त्यसगरी आजै दशैंको नवौंदिन यो समुदायले हर्षोउल्लासका साथ दशैं मनाएका हुन् । दशमीको दिनमा टीका लगाउने भए पनि थारु समुदायले आफ्नै मौलिक संस्कृति र धार्मिक अनुष्ठा अनुसार नवौं दिनमा सेतो टीका र जमरा लगाएर दशैं मनाउने गर्दछन् ।थारु समुदायले आजको दिनलाई आफ्नो पुर्खाको सम्झना र पितृको श्रद्धा गर्ने पर्वका रुपमा मनाउने गर्छन् ।
थारु सामुदायले दशैँको ९ औँ दिन अर्थात नवमीको दिन आफनो पुर्वजहरुको सम्झन गर्दै पुजापाठ गरेर बुद्धभुमि नगरपालिका वडा नम्बर १० भागिरथी नदी को रामघाटमा पितृ विसर्जन गर्न पुगेका थिए । ढिकरी ,घोङ्गी को परिकार, रकासी लगायत सामग्री सहित पितृ विसर्जन गर्ने चालन रहेको बुद्धभुमि नगरपालिका वडा नम्बर १० ढढीहवा गाउँका थारु सामुदायका बडाघर रात्ति थारुले बताउनु भएको छ । थारु सामुदायको प्रमापरा लाई बचाएर राख्नको लागि पितृरी विर्सजनमा विशेष जोड दिएको उहाँ को भनाई थियो ।
कार्यक्रममा महिलाहरु थारु संस्कृति अनुसार घघार ,चोलि ,धोती लगायत पहिरना लागउने र पुरुषहरुले धोति कुर्ता लगाएर नित्य र गीत गाउदै वितृ विर्सजन आज थारुहरु गरेका छन ।