अनेरास्ववियू (क्रान्तिकारी) कपिलबस्तुका पदाधिकारीद्धारा राजिनामा फिर्ता

0
Quantam abroad studies

कपिलवस्तु , असोज २२
नेकपा(माओबादी केन्द्र) को आधार स्तम्भको रुपमा रहेको भातृसँगठन अनेरास्ववियू (क्रान्तिकारी) कपिलबस्तुका बहुमत पदाधिकारीद्धारा मिति २०७९ साल अषाढ २७ गते पार्टी र विद्यार्थी सँगठन बीचमा असमझदारी भएको कारण जनाउँदै सँयुक्त रुपमा दिएको राजिनामा फिर्ता लिएको जिल्ला अध्यक्ष हरिश चन्द्र खनालले जानकारी दिएका छन । यससँगै साँगठनिक गतिविधि सुचारु हुने अध्यक्ष खनालले बताए ।

sahani furniture udyog

विद्यार्थी सँगठन र जिल्ला पार्टी बीचमा देखिएका असमझदारी सम्बन्धमा मिति २०७९ असोज १२ गते पार्टीका केन्द्रिय सचिव एवम पूर्व कृषि तथा पशुपक्षिँ विकास मन्त्रि चक्रपाणी खनाल बलदेवसँग जिल्ला अध्यक्ष हरिश चन्द्र खनालको रोहबरमा भएको छलफलमा पार्टी र विद्यार्थी सँगठन बीचमा उत्पन्न असमझदारी हटेको कारण राजिनामा फिर्ता गरेको जनाउँदै सँयुक्त हस्ताक्षरित पत्र प्राप्त भएको खनालले बताएका छन ।

राजिनामा फिर्ता लिदैँ उपाध्यक्ष द्धोय विजय पौडेल,मधुसुदन गन्धर्ब,कोषध्यक्ष कमल बन्जाडे,सहसचिव द्धोय गोरखनाथ यादव तथा सुमन घिमिरेले अव साँगठनिक गतिविधि र क्रियाकलापमा सक्रिय रुपमा सहभागीता जनाउने बताएका छन । आसिन प्रतिनिधि सभा तथा प्रदेश सभालाई मध्यनजगर गर्दै पार्टी र सँगठनले दिएको जिम्मेबारी बहन गर्न तयार रहेको जनाउँदै पार्टी नेतृत्व र गठबन्धनका उम्मेद्धवारलाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने पत्र मार्फत प्रतिबद्धता जनाएका छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.