बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनमा जित हासिल गर्ने दाबी

0
Quantam abroad studies

कपिलवस्तु , असोज २८
जिल्लाको गोरुसिङ्गेमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र पत्रकार बिच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु, प्रेस सेन्टर नेपाल र प्रगतीशिल पत्रकार संघको संयुक्त आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले निर्वाचन केन्द्रित विषय बस्तुमा आफ्नो धारणा राखेका थिए ।

sahani furniture udyog

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिती कपिलवस्तुका संयोजक अतहर कमाल मुसलमानले सबैले आफनो स्थानबाट निर्वाचनमा सहयोग गर्न र नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका आधिकारीक उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्नु भएको थियो।

यस्तै बाम लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनालले गठबन्धनका उम्मेदवाहरु राम्रो मतले निर्वाचन जित्ने बताउनु भएको छ । खनालले आफु जिते कपिलवस्तुमा बिकासका बाकी काम गर्ने बताए । खनाल २०७४ सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा क्षेत्र नं १ बाटै निर्वाचित भइ कृषि मन्त्री समेत भएका थिए ।

कार्यक्रममा आफ्नो भनाई राख्दैं कपिलवस्तु क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्र राज आचार्यले मिलेर निर्वाचनमा लाग्दा आफुहरु भारी मतले निर्वाचन जित्ने बताउनु भएको छ । कपिलवस्तुको क्षेत्र नं २ मा नेपाली काग्रेसले धेरै विकास गरेको बताउदै आफु निर्बाचित भए क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषिमा जोड दिने बताउनु भएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रममा कपिलवस्तू क्षेत्र नं ३ का प्रातिनिधी सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले आफु निरन्तर नागरिकको हितमा काम गरिएरहेको र गरिरहने बताउनु भएको छ । कपिलवस्तु क्षेत्र नं ३ मा आफुले विगतमा काम गदै आएकोले अब पनि विकासको कामलाई निरन्तरता दिने र जनताले आफुलाइ सम्मानित मतले निर्बाचित गराउने समेत बताउनु भयो ।

सो कार्यक्रममा कपिलवस्तु क्षेत्र नं १ को (क) डोलकराम घिमिरे (ख) का उम्मेदवार सजसराम यादव, क्षेत्र नं २ (क)को उम्मेदवार विक्रम सिंह थापा , २(ख)को उम्मेदवार सुधाकर पाण्डेले आफनो जित सुनिश्चित रहेको बताउनुभएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.