NPABSAN को पलिका स्तरीय सयुक्त भेलाबाट नयाँ कार्यसमिति चयन

0
Quantam abroad studies

कपिलवस्तु , असोज २६
राष्ट्रीय निजी तथा आवाशिय बिद्यालय एसोसियसन नेपाल , (NPABSAN) कपिलवस्तु जिल्लाको शुद्धोधन, मायादेवी, यशोधरा गाउँपालिका र कपिलवस्तु नगरपालिकाको सयुक्त कार्यसमिति चयन गरिएको छ ।

बुधबार हुदा माडल स्कूल तौलिहवामा गाउँपालिका र नगरपालिकाको सयुक्त भेला भएको थियो । उक्त सयुक्त भेलाबाट नयाँ कार्यसमितिको संयोजकमा पैरडाइज चिल्ड्रन अकैडमीका प्रिंसिपल गणेश कुमार श्रीवास्तव , सह संयोजकमा पिपुल केयर एकेडमीका प्रिंसीपल त्रिपुरारी मिश्रा र सदस्यहरुमा क्रमश: आदर्श इंग्लिश बोर्डिंग स्कूलका प्रिंसिपल धर्मेन्द्र चौधरी , लुम्बिनी पीस एकेडमीका प्रिंसिपल गौरव गुप्त, सागरमाथा इंग्लिश बोर्डिंग स्कूलका प्रिंसिपल राजेश्वर यादव , तिलौरकोट इंगलिश बोर्डिंग स्कूलका प्रिंसिपल लक्ष्मण पन्थी, हुदा मॉडल स्कूलका प्रिंसिपल शहजाद अली मनोनीत भएका छन् ।

उक्त कार्यक्रममा NPABSAN का केंद्रीय सदस्य तथा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष रुद्र बहादुर गैर , NPABSAN का जिल्ला अध्यक्ष युवराज घिमिरे , जिल्ला कोषाध्यक्ष परमात्मा चौधरी , सह सचिव अशोक कुमार गुप्त तथा NPABSAN को पूर्व जिल्ला अध्यक्ष तथा निबर्तमान सल्लाहकार मनोज श्रीवास्तव , सल्लाहकार चर्तुभुज शर्मा लगायत NPABSAN संग सम्बन्धित विभिन्न बोर्डिंगका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिमा रुद्र बहादुर गैरले सम्पूर्ण विद्यालयलाई एक जुट हुन र शिक्षाको गुणस्तर अझ राम्रो बनाउनेमा विशेष जोड दिनुपर्ने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.