विपतमा परेकालाई तुरुन्त उद्धार र राहत प्रदान गर्न मुख्यमन्त्री केसीको निर्देशन

0
Quantam abroad studies

मानसिंह विश्वकर्मा (प्रेस संयोजक)
बुटवल , असोज २५
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा अविरल वर्षाका कारणले आएको बाढीपहिरोबाट विपतमा परेकालाई प्रदेशवासीको तुरुन्त उद्धार र राहत पूदान गर्नका लागि मन्त्रालय र १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।

यस्तो निर्देशन मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारको आयोजना भएको विपत व्यवस्थापन समितिको भर्जुअल बैठकमा आज बुटवलमा सरकोकारवाला निकाय र १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई समेत निर्देशन दिनेक्रममा बताउनुभयो ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारकाले एउटा छुट्टै कोष खडा गरी त्यसबाट राहत प्रदान गर्ने समेत बताउँदै त्यसमा सबैले सहयोग जम्मा गर्न अपिल गर्नुभयो । साथै विपतको उद्धार तथा राहतका लागि सबैको सहकार्यता सबै नागरिकलाई जोड्नको लागि अपिल गर्नुभयो । भोलीदेखि प्रदेश सरकारद्वारा क्षति ग्रष्टहरुमा क्षेत्रमा अनुगमनमा जाने समेत बताउनुभएको छ ।

आन्तरिक मालिा तथा कानून मन्त्री तिलराम शर्माले विपतको उद्दारका लागि सम्पूर्ण निकायको सहकार्यमा अगाडि बढेर अगाडि क्षतिको विषयमा तथ्याङ्क संकलन कार्यलाई ध्यान दिनका लागि अनुरोध गर्नुभयो । यस्तै विपतमा परेका नागरिकहरुलाई उद्दार तथा तत्कालै राहत प्रदान गर्नका लागि अगाडि बढाउने बताउनुभयो ।

यस्तै बैठममा अर्थमन्त्री कृष्णध्वज खड्काले अब उद्धारबाट राहतको कार्यक्रम तिर लग्नका लागि सरकारले ध्यान दिदैँ आवश्यक बजेटको व्यवस्था गरिने बताउनुभयो ।

बैठकमा लुम्बिनी प्रदेशका प्रमुख सचिव डा. दिपकराज काफ्लेले विपतमा पहिलो कार्य भनेको मानवीय क्षतिलाई न्यूनिरकण गर्ने नै भएको बताउँदै त्यसका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विपतले उत्पन्न गराएको समस्याले सबैको सहकार्यमा अगाडि सामना गर्नका लागि अपिल गर्नुभयो ।

बैठकमा मध्यपश्चिम पृतनापति श्याम ढकालले जिल्लामा रहेका सुरक्षा निकायको सहकार्य र समन्वयमा अगाडि बढ्नका लागि सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

लुम्बिनी प्रदेशभरीमा रोल्पा, दाङ, पाल्पा, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, नवलपरासी, रुपेन्देही, कपिलबस्तु, पूर्वी रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बाढी, पहिरोले पुर्याएको क्षतिका बारेमा रिपोटिङ गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशमा लागातार रुपमा आएको वर्षाले गर्दा प्रदेश भित्रमा मानवीय क्षति, भौतिक संरचनाको क्षति, पशु चौपाय लगायतको क्षतिको बारेमा रिपोटिङ गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश भित्रमा पाल्पाको निस्दी गाउँपालिका, गुल्मीको जिल्ला भरी, दाङ जिल्लामा बगलाचुली, राप्ती गाउँपाकिला, बाँकेको राप्ती सोनारी, बर्दियाको राजापुर र गेरुवा लगायताका क्षेत्रमा बढी क्षति भएको रिपोटिङ पेश गर्नुभएको थियो ।

रिपोटिङ पछि प्रदेशमा रहेका विभिन्न मन्त्रालयहरुका सरोकारवावाहरुले क्षतिलाई न्यूनीकरण गर्नका लागि नै अगाडि दिनुभएको थियो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.