
बझाङमा , असोज २३
जिल्लामा आज उत्साहका साथ मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभा तर्फ १० जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा तर्फ १२ जनाले गरि जम्मा २२ जनाले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभाका लागि १० जनामध्ये ४ जना स्वतन्त्र मनोनयन दर्ता गरेका हुन् । प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट नेकपा एसका भानुभक्त जोशी, नेकपा एमालेबाट ऐन महर, राप्रपाबाट विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेमराज जोशी, राप्रपा नेपालबाट कृष्णबहादुर सिंह, जनता समाज वादी पार्टी जसपाबाट रामबहादुर जाग्रीले मनोनयन दर्ता गराएका छन् ।
यस्तै गठबन्धनविरुद्ध नेपाली कांग्रेसका पूर्व पार्टी सभापति समेत रहेका हर्कजंगबहादुर सिंह, माओवादी केन्द्रका लोकेन्द्रबहादुर धाम निर्मलले मनोनयन दर्ता गराएका छन । यस्तै स्वतन्त्रबाट डम्बरबहादुर खड्का, रामचन्द्र राना क्षेत्रीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।


यता प्रदेशसभा निर्वाचन क्षेत्र क तर्फ नेकपा एमालेका संविधानसभा सदस्यसहित रहेका अफिलाल ओखेडा, गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, राप्रपाबाट हरिलाल भट्टराई, राप्रपा नेपालबाट कणर्बहादुर खड्का, नेस्नल पिपुल्स पार्टीबाट भीमबहादुर खड्का मनोनयन दर्ता गराएका छन् ।
यस्तै स्वतन्त्रबाट जगतप्रसाद जोशी, जयभक्त जोशीले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ख मा नेकपा एमालेबाट एलबी रावल, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी, राप्रपाबाट विरेन्द्र मल्ल, नेपाली कांग्रेस विपिबाट निर्मला कुमारी विकले मनोनयन दर्ता गराएका छन् ।
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ख मा स्वतन्त्रबाट गणेश भण्डारीले मात्रै मनोनयन दर्ता गराएका छन ।