भुकम्प पुर्व तयारी सम्वन्धि १ दिने गाेष्ठी सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
भुकम्प जानू पुर्व तयारी कसरी गर्ने भन्ने बिषयमा कार्यशाला गाेष्ठी सम्पन्न भएको छ ।

बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका सँग साझेदारी गरेकाे नेपालकाे पश्चिममा अञ्चल क्षेत्रमा शहरी र भुकम्प पुर्व तयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण परियाेजनाले आज कार्यक्रम गरेको हाे ।

जयपृथ्वी नगरपालिकाकाे सभाहलमा सञ्चालित भुकम्प सम्वन्धि कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी बझाङका मन्त्री ईश्वर नाथ जाेशीकाे अध्यक्षता सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख चेतराज वजाल विशिष्ट अतिथि नगरपालिका उपमेयर सुरज बहादुर सिँह रतन बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल लगाएत सुरक्षाकर्मी पत्रकार सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियाे ।

sahani furniture udyog

कार्यक्रममा भुकम्प सम्वन्धि प्रगति भट्टराईले कार्यक्रम बारे जानकारी गराउनु भएको थियाे । करिव २०३७ सालमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको तपाईं हामीलाई थाहै छ । हाम्रो सुदुरपश्चिम भुकम्पकाे उच्च जाेखीममा रहेकाे हुदा सबैलाई सचेत भएर बस्न आग्रह गरिएको थियाे ।

कार्यक्रम सम्वन्धि डाक्टर सेरजङ्ग बहादुर मल्लले भुकम्पले हाम्राे देश बाहेक अरु देशमा पनि गरेको क्षेतिबारे भिडियो मार्फत पश्तुति राख्नु भएको हाे । कार्यक्रममा प्रमुख अतिथि मेयर बजालले याे कार्यक्रम निकै प्रभावकारी र अब घर बनाउदा सबैले सचेत भएर मापदण्ड अनुसार बनाउनु पर्नेमा जाेड दिनु भयाे । साथै विपदबाट जाेगिन र विपद भए पछि सम्वन्धित निकायले खेल्ने भुमिका बारे जानकारी गरिएको हाे ।

कार्यक्रम सञ्चालन नगरपालिकाका आईटी सुमन बाेगटीले गर्नुभएको थियाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.