भिल्मी कर्मा नाकामा तस्करको रजाइँ बाइकद्वारा चन्द्रौटासम्म माल सप्लाइ

0
Quantam abroad studies

कपिलवस्तु , कार्तिक १
तिहारको मौका छोपेर कपिलबस्तुको विभिन्न नाकाबाट तस्करी मौलाएको पाइएको छ। कपिलवस्तुको ग्रमीण भेगका भिल्मी, बन्चौरा , कर्मा लोहटी , नाकाबाट तस्करी हुने गरेको छ भने बगही , डुमाइ नाकाबाट पनि केही मात्रामा तस्करी भइरहेको छ ।

यस क्षेत्रबाट दिनको करीब १०० देखि १५० बोरा चिनी तस्करहरु अबैध रूपले नेपाल भित्रयउने गरेका छन् । चीनी लागयत यस नाकाहरुबाट हार्डवेयर सामग्री, मोटर पार्टपुर्जा, कपड़ा, रागा ,भैसी जस्ता बस्तु अबैध रूपले भारतबाट नेपात भित्रयउने गरिन्छ। तस्करहरु भारतीय नम्बर प्लेटको थोत्रा मोटरसाइकल प्रयोग गरि सामान ढुवानी गर्ने गरेका छन् । यस्तै तस्करीमा प्रयोग हुने मोटरसाइकल बिना कागज, बिना भन्सार र बिना लाइसेन्सको रहने गरेको स्रोतको दाबी छ । तर त्यसता मोटरसाइकल कुनै प्रहरीले कुनै किसिमको अवरोध नगर्नु नै मिलोमतोको शंका रहेको छ ।

भिल्मी नाकाबाट निस्कने केही तस्करहरु डेरवा देवनगढिया हुँदै बहादुरगन्जमा सामान संकलन गर्छन् र बहादुरगन्जबाट फ़ेरि चन्द्रौटा , दाङ , प्युठान लगायत जिल्लामा सप्लाई गर्ने गरेका छन् । त्यस्तै केही समुहले अजिगरा जिगिना जवाभारी हुँदै भित्री बाटो प्रयोग गरी चन्द्रौटासम्म सामान पुर्याउने गरेका छन् । सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले नियन्त्रण गर्न नसकेको अवस्थामा कृष्णनगर भन्सार टोलीले कहिलेकाहीँ छड्के अनुगमनमा बाटोमा तस्करी माल समातेको र कहिलेकाहीँ गोप्य सूचनाको आधारमा तस्करको गोदाममा नै छापा मारेर नियन्त्रणमा लिनेे गरेको छ ।

sahani furniture udyog

प्रहरी प्रशासन बाट सर्वसाधारणलाई सवारी तथा मालसामान चेकजाँचको नाममा सास्ती र ब्यवसायिक तस्करको अबैध सवारी तथा मालसामान रोक्न नजरअन्दाज गर्ने प्रबृत्तिले प्रहरी प्रतिकाे विश्वसनीयता घट्दै गइरहेकाे अवस्था छ । यसरी तस्करी हुँदा स्वदेशी उधोगलाइ निकै घाटा हुने र सरकारको राजस्व समेत कम हुने गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.