तौलिहवामा शान्तिपूर्ण तवरले मुर्ति बिसर्जन

0
Quantam abroad studies

जितेन्द्र पुरी , कपिलवस्तु , कार्तिक ११
नेपालमा दशै पछिको दोस्रो ठूलो चाडको रुपमा तिहारलाइ मनाइन्छ । तिहारमा बिशेष गरि लक्ष्मी देवीको पुजा गरिन्छ ।

यस्तै तिहारमा नेपालको तराई मधेशमा देवी लक्ष्मी र गणेश जि को मुर्ति बनाइ बिधिवत पुजाआज गरिन्छ । सोही क्रममा कपिलवस्तुको सदरमुकाम तौलिहवामा समेत माता लक्ष्मी , माता सरस्वती र गणेश भगवानको मुर्ति बनाइ पुजा गरि मुर्ति बिसर्जन गरिएको छ ।

धनतेरसका दिन देखि कलस स्थापना गरि माता लक्ष्मी माता सरस्वती र गणेश भगवानको मुर्ति स्थापना गरि पाँच दिन बिधिवत पुजा अराधना गर्ने गरिन्छ । त्यसपछि मुर्तिहरुको बिदाई गर्दै स्थानीय खोलामा बिसर्जन गर्ने गरिन्छ ।

sahani furniture udyog

यसैक्रममा तौलिहवामा स्थापना गरिएका मुर्तिहरु बाजागाजाका साथ बाणगंगा नदीको रामघाटमा बिसर्जन गरिएको छ ।शुक्रवार तौलिहवा बजार भित्रका र वरिपरिका गाउँमा स्थापन गरिएका मुर्तिहरुको प्रहरीको उपस्थितिमा शान्तिपूर्ण तरिकाले रामघाटमा बिसर्जन गरिएको छ । तौलिहवा र वरिपरिका गाउँबाट डिजेमा गित बजाउदै बाटोमा नाचगान गरिदै मुर्तिलाइ रामघाट पुर्याइ बिसर्जन गरिएको छ ।

बिगतका बर्षहरुमा चाडपर्वमा बढदै गएको बिकृतिका कारण विभिन्न ठाउँमा अप्रिय घटना घटने गरेको हुँदा मुर्ति बिसर्जनको क्रममा कुनै अप्रिय घटना नहोस् भन्दै जिल्ला प्रहरी कार्यालयले मुर्ति संगसंगै घाटसम्म प्रहरी परिचालन गरेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.