सवारी दुर्घटनामा फरार रहेका चालक गाडी सहित पक्राउ

0
Quantam abroad studies

उर्मिला यादव यात्री , भैरहवा , कार्तिक १५
सोमबार रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्बर ४ पननीमा भएको सवारी दुर्घटनामा फरार रहेका चालक गाडी सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा रोहिणी गाउपालिका वडा नम्बर ३ घर भएको २३ बर्षिय अजय कुमार चौधरी रहेका छन ।

स्थानिय छठ घाट रोहिणी खोला जादै गरेका पैदल यात्रीहरुलाई सोमबार बिहान भैरहवा परासी सडक खण्डमा पश्चिम तर्फबाट पुर्व तर्फ जादै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिदा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । ठक्कर दिएर फरार रहेको चालक र गाडीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सिनपा वडा नम्बर ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रबिन्द्र रेग्मीले बताउनु भएको छ ।

यहि कार्तिक १४ गते सोमबार बिहान अन्दाजी ४ बजेर ५५ मिनेटमा पननीमा पैदलयात्रीहरुलाई ठक्कर दिएर फरार रहेको गाडीले घटनास्थलमा सवारी साधनको अगाडीको बम्परको भागको टुक्रा , बाइपरको भाचिएको टुक्रा र लुकिंग ग्लासको टुक्रा घटनास्थलमा छाडेकाले सोही दिन नै दुर्घटनामा संलग्न गाडी र चालक पहिचान भएको प्रहरी प्रमुख रेग्मीले जानकारी दिनु भयो ।

sahani furniture udyog

अनुसन्धानबाट रुपन्देहीको रोहिणी गाउपालिका वडा नम्बर ३ घर भएको चौधरीले चलाएको बा ८ च ६५३२ नम्बरको टाटा इण्डिका भिष्टा गाडीले ठक्कर दिएर दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ ।

खोजतलासको क्रममा चौधरीले चलाउने गाडीको अगाडीको भागमा क्षति भएको अवस्थामा सिनपा ४ पिप्रहियामा त्रिपालले छोपी राखेको अवस्थामा गाडी फेला पारेको र चालक चौधरीलाई सिनपा ४ गल्लामण्डीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको एसपी रेग्मीले बताउनु भयो ।

दुर्घटनामा परी ओमसतिया गाउपालिका वडा नम्बर ४ पननी बस्ने दुई महिनाको श्रीराम कुर्मी, २८ बर्षिय परमशिला कुर्मी र १४ बर्षिय सिमा कुर्मीको उपचारको क्रममा मृत्यु भएको थियो भने २४ बर्षिय बन्दना कुर्मी र २६ बर्षिय मन्जु कुर्मीको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.