कपिलवस्तुमा मदिरा बिक्री वितरण र सेवनमा पुर्ण रोक

0
Quantam abroad studies

धनी राम काेरी , कपिलवस्तु
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूको निर्वाचनलाई स्वच्छ , निष्पक्ष , भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न काे लागि कपिलवस्तु जिल्लामा मदिरा ओसारपसार , बिक्री वितरण र सेवनमा पूर्ण निषेध गरिएको कपिलवस्तु प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।

अाज साेमवार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रकाे हस्ताक्षरमा एक सूचना जारी गर्दै मदिरा ओसारपसार , बिक्री वितरण र सेवन निषेध गरिएको जानकारी गराइएको छ ।

जारी सूचनामा भनिएको छ कपिलवस्तु जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै कात्तिक १८ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको निर्वाचन सुरक्षा समितिको बैठकको निर्णय अनुसार २०७९ कात्तिक २८ गते राती १० बजे देखी पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार , बिक्री वितरण र सेवनमा पूर्ण रूपमा निषेध गरिएको कोही कसैले सूचनाको विपरीत मदिरा ओसारपसार , बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

sahani furniture udyog

सुचनामा उल्लेख भए अनुसार कोही कसैले मदिरा ओसारपसार , बिक्री वितरण र सेवन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने समेत प्रजिअ मिश्रले बताउनु भयो ।

आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आम मतदाता, राजनितीकदल जिल्लावासी, सरोकारवाला निकायले आ आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने समेत प्रजिअ मिश्रले बताउनु भयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.