
एस एम न्युज अनलाइन , तौलिहवा
यहि २०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्बाचनमा कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ को १ मतपत्र गणना गर्ने क्रममा कर्मचारीहरुले नियतवस हाम्रा उम्मेद्धारलाई हराउन गखोजेको आरोप लगाउदै लोकतान्त्रिक समाजबादि पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।
कपिलवस्तु ३ को १ मा ४२१०२ जना मतदाताहरुले मतदान गरेकोमा मतगणना गर्ने क्रममा ४५७ वटा मतपत्र कम भए पछि सो विषयमा विवाद बढे पछी निर्बाचन कार्यालयले अध्ययन गर्दा १६४ वटा मतपत्र कम भएको यकिन गरेको थियो । निर्वाचन कार्यालयले सो मतपत्रहरु समानुपातिक तर्फको मतपत्रहरु रहेको मतपेटिकामा रहेको र उक्त मतपत्रहरुलाई गणना गरिने पनि बताएको थियो ।
तर मतगणनामा खटिएका कर्मचारीहरु अमुख दलको प्रभावमा परि षडयन्त्र मुलक ढंगबाट १६४ मध्ये मात्र ३३ वटा पत्र सार्बजनिक गरि अन्य मतपत्रहरु लुकाएर हाम्रो पार्टीका उम्मेद्धार रविदत्त मिश्रलाई ६ मतबाट पराजित गरेको बताउदै लोकतान्त्रिक समाजबादि पार्टी प्रदेश सभाको ३ को १ को मतपत्रहरुको पुन: मतगणनाको माग गरेको छ ।

लोकतन्त्रको आधार स्तम्भ आम निर्बाचन मार्फत मतदाताहरुको अभिमतलाई जस्ताको निर्बाचनको प्रकृया मार्फत स्वतन्त्र भई प्रस्तुत गर्नु पर्ने राष्ट्रसेवक कर्मचारीहरु गैर जिम्मेवार भई अमुक दलको प्रभावमा परि, अमुक दल बिशेषलाई निर्बाचित गराउन मतपत्र लुकाउने र मत परिणामलाई बङ्गाउने कार्य गरेको, हामी लगायत अन्य राजनैतिक दलका प्रतिनिधीहरुले समेत पुन: मतगणना सुझाव दिदा पुर्ण रुपमा वेवस्था गरि मतपरिणाम सार्वजनिक गर्ने कार्य गरेको बताउदै लोसपाले घोर भर्तसना गरेको छ । यस कसुरमा संलग्न कर्मचारीलाई निर्बाचन सम्बन्धि कसुर अन्तरगत कारवाही गरि पाउँ भनि लोकतान्त्रिक समाजबादि पार्टीले आग्रह समेत गरेको छ ।
साथै सम्पुर्ण मतपत्रहरुको यर्थात छानविन गरि पुन: मतगणना गरि पाउन प्रमुख जिल्ला निर्बाचन अधिकृत, निर्बाचन आयोग लगायतका सरोकारवालाहरु समक्ष लोकतान्त्रिक समाजबादि पार्टीका कपिलवस्तुक कार्यबाहक अध्यक्ष ओमकार नाथ शुक्लले प्रेस बिज्ञप्ति जारी गर्दै माग गरेका छन्।

