कपिलबस्तु विकास कोष गठनको सँभाब्यता अध्ययन प्रतिवेदन समितिको प्रथम बैठक जिम्मेबारी बाँडफाँड गदै तौलिहवामा सम्पन्न

0
Quantam abroad studies

विजय पौडेल (आभाष)
कपिलबस्तु पर्यटन विकास समितिकाको आयोजनामा कपिलबस्तु विकास कोष गठनको परिकल्पना सहित यही २०७९ माघ २५ गते वरिष्ठ पुरातत्वविद प्रा.डा.बसन्त विडारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमले गठन गरेको सँभाब्यता अध्ययन प्रतिबेदन समितिको बैठक मधेश मानव अधिकार गृह (माहुरी होम) तौलिहवामा बसेको छ ।

सँभाब्यता अध्ययन प्रतिवेदन समितिका सँयोजक एवम कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष हरिश चन्द्र खनालको अध्यक्षतामा बैठक बसी कपिलबस्तु विकास कोष गठनका लागी सँकल्प प्रस्ताव पारित गर्नु पुर्व गर्नुपर्ने तयारी पुरा गर्नका लागी आवश्यक जिम्मेबारीहरु बाँडफाँड गर्दै बैठक सम्पन्न भएको छ । बैठकले कपिलबस्तु जिल्लामा भएका धार्मिक,ऐतिहासिक,पुरातात्विक तथा पर्यटकिय सम्पदाहरुको तथ्याङ्क सँकलन गर्ने जिम्मेवारी समितिका सँयोजक हरिश चन्द्र खनालाई दिएको छ । साथै कपिलबस्तु विकास कोषको सँभाब्यता अध्ययन को प्रतिवेदन लेखनको जिम्मेबारी विद्धान सदस्य चतुरभुज पाण्डेयलाई दिएको छ ।

sahani furniture udyog

यसैगरी बैठकले कपिलबस्तु जिल्लामा भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको नष्ट हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै सम्पदा सँरक्षण सम्बन्धि जनप्रतिनिधि एवम सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन प्राचीन स्मारक एवम ऐतिहाँसिक सम्पदा सँरक्षणको जिम्मबारी पाएको जिल्ला प्रशासन कार्यालय कपिलस्बस्तुलाई ध्यानाकर्षण गराउँदै कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा हुने सम्पदा सँरक्षण सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्नका लागी सम्बन्धित पक्षसँग आवश्यक समन्वय गर्न समितिका सदस्य एवम सामाजिक अभियन्ता रविन्द्र ठाकुरलाई जिम्मेबारी दिने निर्णय गरेको छ । साथै कपिलबस्तु विकास कोष गठन सम्बन्धमा अन्तरक्रिया गर्न गरेको कार्यक्रमलाई आम जनसमुदायमाझ सुचना प्रवाह गरेकोमा पत्रकार तथा सञ्चारकर्मीहरुमा धन्यबाद् ज्ञापन गरेको समितिका सदस्य गीता के.सी. अन्जानले बताएकी छन ।

उक्त बैठकले फाल्गुण १५ गते भित्र सँभाब्यता अध्ययन प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार गर्न समयसीमा निर्धारण गरिएको अध्यक्ष खनालले बताएका छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.