बाटो र फुटपाथको अतिक्रम नहटाए नियम अनुसार कारबाही हुने – मेयर पौडेल

0
Quantam abroad studies

एस एम न्युज , तौलिहवा
बाटो र फुटपाथको अतिक्रम नहटाए नियम अनुसार कारबाही हुने कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले बताएका छन् । पौडेलले बाटो र फुटपाथ अतिक्रम हटाउने अभियानमा सहयोग गर्नेलाइ धन्यवाद समेव्यक्त गरेका छन् ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, वडा नं. १ का वडा अध्यक्ष जाहिद खाँ, वार्ड नं. २ वडा अध्यक्ष अशोक गुप्ता, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतको टोली सडक तथा फुटपाथ व्यवस्थापन अभियान अंतरगर आज आइतबार जिल्ला सदरमुकाम तौलिहवा बजारमा फुटपाथ अतिक्रमण हटाउन, सडक तथा फुटपाथ कब्जा गरि स्थानमा रोकिराखेर व्यापार गर्ने ठेला व्यापारीहरुलाई सचेत गराएका छन् ।ल

sahani furniture udyog

माघ १९ गते पालिकाले एक सूचना जारी गर्दै बाटो तथा फुटपाथको अतिक्रम हटाउन एक हप्ताको अल्टिमेटम दिएको थियो । सूचनाको अवधी सकिए लग्त्तै पाकिका प्रमुख सहितको टोलि बजार अनुगमन गर्दै बाटो तथा फुटपाथ अतिक्रमण नगर्न अनुरोध गरेको छ । यसैक्रममा बाटो र फुटपाथको अतिक्रम हटाएकालाई धन्यवाद दिदै मेयर पौडेलले बाटो र फुटपाथको अतिक्रम नहटाए नियम अनुसार कारबाही गरिने बताएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.