कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित

0
Quantam abroad studies

एस एम न्युज , कपिलवस्तु
जिल्लाको कृष्णनगर नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरिएको छ । नगरपालिको वडा नम्बर ३ मा शनिबार निःशुल्क आँखा जाँच शिविर भएको ३ नम्बर वडा कार्यालय चैपुरवाले जनाएको छ । छन्द (कालेबाबु) नारायणी आखाँ अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोग र ३ वडा कार्यालय चैपुरवाको व्यवस्थापनमा आँखा शिविर गरिएको हो ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले उक्त निःशुल्क आँखा शिविरबाट २ सय ५० जना नागरिक सेवा लिएको जानकारी दिए । उनले १ सय जनालाई निःशुल्क चश्मा र औषधीसमेत वितरण गरिएको बताए । मोतियाबिन्दु भएका ३५ जनालाई शल्यक्रियाका लागि बहादुरगञ्ज आँखा अस्पताल लगिएको उनले जनाए ।

छन्द (कालेबाबु) नारायणी आखाँ अस्पताल बहादुरगञ्जको प्राविधिक र ३ नम्बर वडा कार्यालयको व्यवस्थापनमा निःशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सगिर अहमद खाँले जानकारी दिए । उनले अति विपन्न, गरिब, असहाय घरपरिवार लगायतका वर्गको आँखाको उपचार, शल्यक्रियामा भएको समस्यालाई मध्यनगर गर्दै वडामै आँखा शिविर सञ्चालन गरि आँखाको निःशुल्क उपचारको पहल गरेको बताए ।

उनले आँखाको समस्याले कसैले पनि वञ्चित नहोउन् भन्दै वडाबासी नागरिकका लागि आँखा शिविर सञ्चालन गरि जनतालाई सेवा दिएको जनाए । वडा अध्यक्ष सगिर अहमद खाँले यस आँखा शिविरबाट आम नागरिकले सहज रुपमा सेवा लिन सफल भएको जिकिर गरे ।

उनले आँखा जस्तो संवेदनशील अङ्ककामा आएका समस्या कारण बृद्धबृद्धाहरुलाई हिँडडुल गर्न गाह्रो भएको बताउँदै अब उनीहरुलाई आँखाको शल्यक्रिया पश्चात् सहज हुने बताए । यसरी नै जनताहरुको सेवा सधैँ आफु खटिरहने वडा अध्यक्ष खाँले प्रतिबद्धतासमेत जनाए ।

आँखाको निःशुल्क उपचार सेवा आफ्नै वडामा पाउँदा सेवाग्राहीहरुले खुसीसमेत व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.