मन्त्री यादवले गरे यातायात कार्यालय बुटवलमा छड्के अनुगमन

0
Quantam abroad studies

शहबाज खान , फाल्गुन ३०
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले यातायात कार्यालय बुटवलमा छड्के अनुगमन गरेको छन् । सर्वसाधारण नागरिकलाई यातायात कार्यालयबाट सेवा लिन समस्या भएको गुनासो आएपछि मंगलबार मन्त्री यादवले यातायातको कार्यालयमा अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा सर्वसाधारणले यातायात कार्यालयमा खेप्नु परेको सास्ती र लामो समयसम्म गुनासोको सुनुवाई नभएको पाइएको छ । कर्मचारीको लापरवाहीले ९-९ महिनासम्म यातायात कार्यालयको उजुरी पेटिका नखुलेको पाइएको छ । उजुरी पेटिकामा परेको उजुरी कर्मचारीसँग सोध्दा थाहा नभपछि मन्त्री यादवले उजुरी पेटिका नियमित खोल्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

उजुरी पेटिका नखुलेको पाएपछि कार्यालयमा उजुरी पेटिका राख्नुको उद्धेश्य के हो ? भन्दै कर्मचारीहरुसँग कडा प्रश्नसमेत गरे । उनले अब सेवाग्राहीलाई यातायात कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई व्यवस्थित, भरपर्दो र सहज बनाउन आग्रहसमेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.