मुस्लिम धर्मगुरुलाई खुशहाल परिवार सम्बन्धी अभिमूखीकण

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु
कपिलवस्तुको कृष्णनगरमा खुशहाल परिवार सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम समुदायका धर्मगुरुहरुको लागि खुशहाल परिवार सम्बन्धीे अभिमुखीकरण कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

आइतबार कृष्णनगर २ मा अवस्थित आईसा गल्र्स कलेज झण्डानगरमा खुशहाल परिवार सम्बन्धी अभिमूखीकण कार्यक्रम सम्पन्न भएको जनाइएको छ । ४९ जनाको सहभागितामा खुशहाल परिवार सम्बन्धी अभिमूखीकण गरिएको आयोजक स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अल्कुफी मुस्लिम धर्मावलम्बीहरुको पवित्र पुस्तिकको जिकिर गर्दै बच्चाहरुलाई स्वास्थ्य र पोषित राख्न बच्चालाई २ वर्षसम्म आमाको दुध खुवाई मात्र अर्को बच्चा पाउने तैयारी आवश्यक रहेको बताए ।

sahani furniture udyog

उनले भने, “हाम्रो कुरानमा पनि उल्लेख छ । जन्म भएको बच्चालाई २ वर्ष आमाको दुध खुवाउने अधिकार रहेको छ । बच्चाहरुलाई स्वास्थ्य र पोषित राख्नुपर्छ । बच्चालाई २ वर्षसम्म आमाको दुध खुवाई मात्र अर्को बच्चा पाउने तैयारी गर्नुपर्छ” । उनले सबै मुस्लिम समुदायलाई खुसहाल परिवार बारे आवश्यक पहल गर्ने बताए ।

यस्तै लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले बच्चा र आमालाई स्वास्थ्य राख्नका लागि कम्तिमा २ वर्षको मध्यान्तर अनिवार्य रुपमा राख्नु पर्ने बताए । उनले जन्मान्तर कम हुँदा अर्को नवजात शिशुलाई पोषण तत्वको कमी हुँदा आमाको दुधबाट पाउने आवश्यक तत्व नपाउँदा कमजोर वा कुपोषित हुने सम्भावना बढी हुने गरेको बताउँदै सबैले जन्मान्तरलाई ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका क्षय तथा कुष्ठ रोग सुपरभाइजर मोहम्मद इरफानले खुसहाल परिवार बनाउनलाई अपनाउनु पर्ने जीवन शैली माथि प्रकाश पार्दै परिवारलाई खुसी बनाउने बारे चर्चा परिचर्चा गरेका थिए । यस्तै जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका परिवार नियोजना सुपरभाइजर प्रभास पन्थी खुसहाल परिवारको बारेमा अभिमुखीकरण गरेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.