
एस एम न्युज तौलिहवा , असार २१
कपिलवस्तु नगरपालिका वडा नं. ११ को रेहरा गाउँ स्थित सित्लाबक्स माबिको प्रागडमा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तु नगरपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा भएको सार्बजनिक सुनुवाइमा गुनासोको ओइरो लागेको छ । महासंघ को अध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षता र नगरप्रमुख सुदिप पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनता पालिकाको सेवा सुबिधा र बिकासका काम प्रति केहिले असन्तुष्टी जाहेर गर्दै विभिन्न प्रश्न राखे भने केहिले पालिकालाइ सुझाव सल्लाह समेत दिएका थिए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल , उप सचीव तथा शिक्षा शाखा प्रमुख हरि प्रसाद अधिकारी , कवनपा ११ का अध्यक्ष रामगोपाल यादव , पशु शाखा चिकित्सक केशव प्रसाद हरिजन , समाजिक शाखा प्रमुख पदमराज श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।
सुनुवाइमा बिस्तारै सामुदायिक बिधालयमा प्रति जनताको बिश्वास घटदै निजि मोह बढ्नु , कृषिका लागि मल , पानीको अभाव संगै आएको मल समेत सहिरुपले बितरण हुन् नसक्नु , असारे बिकासको गुणस्तर , पालिकाले संचालन गर्ने विभिन्न किसिमका तालीमको उपलब्धि र मापदण्ड लगायत विषयमा प्रश्न तेर्सिएको थियो । कार्यक्रममा बोल्दै कवनपा ११ पर्सियाका अकमरुदिन मुसलमानले कपिलवस्तु नगरपालिकाका इन्जिनियर सत्यम बर्माले उभोक्ता समितीलाइ जानेर दुख दिने गरेको आरोप लाउदै नगरप्रमुखलाइ यसबारे ध्यानाकर्षण गराएका थिए ।
यसैगरी कवनपा ११ अडौराकोट निवासी उदयभान यादवले पालिकाबाटा सम्झौता भएका योजना सम्पन्न भएपनि समयमा भुक्तानी नपाएको गुनासो गरे भने पशु शाखाले देशमा बढदै गएको लम्पि भाइरसको समस्याबाट पशुलाइ भ्याक्सिनेस गर्न माग समेत गरेका थिए । यादवले पशु पालक कृषकका लागी यस पालिका भित्र सिमन स्टोरेज गर्न आधुनिक प्राविधि नरहेको गुनासो गर्दै यथाशिघ्र स्टोरेजको ब्यवस्थापन र समयमा सिमन उपलब्ध गराउन समेत माग गरेका थिए ।


यस्तै कवनपा ११ मा खरमुक्त घर अभियानमा जस्ता पाता बितरण नभएको र खानेपानीको समस्या समेत भएको सहभागीले दुखेसो पोखेका थिए । रेहरा स्वास्थ्य चौकीमा ल्याब , बर्थिङ सेन्टर र एम्बुलेन्सको अभाव रहेको बारे स्थानीय सहभागीले नगरप्रमुखको ध्यानाकर्षण समेत गराएका थिए ।
यस्तै उपसचिव अधिकारीले शिक्षा क्षेत्रमामा क्रमश सुधार हुँदै गएको र आफुहरु सुधारका लागी सक्रिय रुपमा लागेको बताउनु भएको छ । उहाले सामुदायिक बिधालयको शैक्षिक स्तर सुधारका लागी बिद्यार्थी , शिक्षक , अभिभावक लगायत सबै सरोकारवाला मिलेर लाग्नु पर्ने बताउनुभयो । यसैगरी प्रमुख प्रशासकीय अधिकारीले आफु हालै यसपालीकामा आएको र आउने दिनमा यहाँहरुले उठाएको समस्याको निराकरण गर्न आफुले पुर्ण प्रयास गर्ने बताउनुभयो ।
यसैगरी नगरप्रमुख पौडेलले प्राबिधिक शाखाको इन्जिनियर र उपभोक्त समिति बिचको समस्या आफुले बुझी गर्नुपर्ने कार्य गर्ने बताउदै शैक्षिक क्षेत्रमा सुधारको लागी आफु शुरु देखिनै लागि परेको र पालिकाको प्रतेक सामुदायिक बिधालयमा नि:शुल्क शिक्षाको ब्यवस्था गरिसकेको बताउनुभयो । मेयर पौडेल उठेको प्रश्नको जवाफ दिदै कवनपा ११ मा आउदो आर्थिक बर्ष खरमुक्त घर बनाइ सुरक्षीत जस्ताको घर उपलब्ध गराउने र खानेपानी समस्याका लागी ओभरहेड ट्यान्क बनाउन बजेटको माग गर्ने समेत बताउनुभयो । नगरप्रमुख पौडेल आउदो आर्थिक बर्ष पालिकाले खरिद गरेको एम्बुलेन्सले पालिका भित्र गर्भवती महिलालाइ नि:शुल्क सुबिधा उपलब्ध गराउने प्रतिबद्धता समेत गर्नु भयो ।
यसैगरी कार्यक्रमका अध्यक्ष बज्राचार्यले सार्बजनिक सुनुवाइमा सेवाग्राही र सेवाप्रदायि आमुन्नेसामुन्ने सवाल जवाफ गर्न पाउनु राम्रो पक्ष रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले जनप्रतिनिधि , कर्मचारीलाइ जवाफदेहिताको बोद गराउने र पालिकाको बिकासमा टेवा पुग्ने समेत बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

