अवध संस्कृति संरक्षण केन्द्रले विजया दशमीकाे उपलक्ष्यमा अवधी कविता प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम

0
Quantam abroad studies

कमलेशचन्द्र गुप्त , कार्तिक ४
कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा अवध संस्कृति संरक्षण केन्द्रले विजया दशमीकाे उपलक्ष्यमा अवधी कविता प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

अवध संस्कृति संरक्षण केन्द्रकाे संचालक युवराज गुप्ता (बैरागी) काे अध्यक्षतामा र पशुपति प्रताप पुस्तकालयका अध्यक्ष राजेश पाण्डे प्रमुख अतिथिमा विजया दशमीकाे उपलक्ष्यमा अवधी कविता प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

अवधी कविता प्रतियोगितामा ११ जना सहभागी भएका थिए। प्रथम कृष्ण गाेपाल कहार , द्वितीय अजिज खान र तृतीय श्याम कुमार बढईलाई मेडल अनि प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागीहरुलाई प्रमाणपत्र दिएर सम्मान गरिएको हाे ।

उक्त कार्यक्रमकाे प्रमुख अतिथि पशुपति प्रताप पुस्तकालयका अध्यक्ष राजेश पाण्डे , विशिष्ट अतिथि वरिष्ठ साहित्यकार बासुदेव प्रसाद चाैधरी , अतिथि , श्याम प्रकाश लाल श्रीवास्तव , शकुन्तला पाैडेल , रामसेवक यादव ,इन्दिरा देवकोटा लगायत अवधी साहित्य प्रेमी अन्य व्यक्तिहरुकाे सहभागीता रहेको थियो ।

कार्यक्रम संचालन भानु चतुर्बेदीले गर्नु भएको थियो

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.