मुर्ति बिसर्जन: प्रशासनले उल्लेखनीय भूमिका निर्वाह गरेकाे भन्दै प्र.नि. ओेली र स.प्र.ना.उ. थापालाई सम्मान

0
Quantam abroad studies

कृष्णनगर, कार्तिक ९
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा दशैँमा माता दुर्गा भवानीकाे मुर्ति बिसर्जनमा प्रहरी प्रशासनले उल्लेखनीय भूमिका निर्वाह गरेकाेले सम्मान गरिएको छ । स्थानीय प्रशासनले दुर्गा मुर्ति बिसर्जनलाई साैहार्दपूर्ण वातावरणमा शान्ति, सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै स्थानीयले सम्मान गरेका छन् ।

प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताका स्वकीय सचिव बृजेश कुमार गुप्ता, युवा संघका केन्द्रीय सदस्य दिनेश जयसवाल र अप्सरा मिडिया प्रालिका अध्यक्ष तथा पत्रकार शहबाज खानले इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओली र सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश थापालाई खादा ओेढाई सम्मान गरेका हुन् ।

sahani furniture udyog

विगतमा घट्दै आएकाे साम्प्रदायिक घटना घट्न नदिन प्रहरीले कडा सुरक्षा परिचालन गरि कुनै पनि विवाद नभई साैहार्दपूर्ण वातावरणमा मुर्ति बिसर्जनमा उल्लेखनीय भूमि निर्वाह गरेकाे भन्दै खादाले सम्मान गरिएको पत्रकार शहबाज खानले बताए ।

दशैँको समयमा निकालिएको मुर्ति हेर्न भिडभाड हुने हुँदा स्थानीय प्रशासनले गत आइतबारदेखि मंगलबार राति १२ बजेसम्म मदिरा बिक्री वितरण र सेवनमा समेत रोक लगाएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.