
प्रभुनाथ गुप्ता , कपिलवस्तु
जिल्लाको शुद्धोधन गाउँपालिकामा मुक्तिनाथ कृषि कम्पनीले कृषक संग मुक्तिनाथ भन्ने नाराका साथ कृषि प्रबिधि हस्तान्तरण तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
मुक्तिनाथ कृषि कम्पनीले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न गाउँका कृषकहरु सहभागी भएका थिए । आयोजकले कृषकलाइ खेतीपाती बारेमा प्राबिधिक ज्ञान दिदै आफ्नो उत्पादनलाइ बजारीकरण गर्न र राम्रो मुल्य पाउन आवश्यक ज्ञान समेत उपलब्ध गराइएको थियो । कार्यक्रममा बोल्दै मुक्तिनाथ कृषि कम्पनीका प्रतिनिधिले कृषकलाइ जतिबेला पनि प्राबिधिक सहयोगका लागी तयार रहेको र आफुहरुले कृषकका उत्पादनलाइ कसरी बजारमा पुर्याइ उचित मुल्य दिलाउन सकिन्छ भन्नेमा सधैं तत्पर रहेको बताएका छन् । कम्पनीका कर्मचारीले कार्यक्रममा उपस्थित कृषकलाइ बित्तीय ज्ञान् समेत दिएका थिए ।
कार्यक्रमको अध्यक्षमा भग्गन कोहार , प्रमुख अतिथिमा वडाअध्यक्ष मनोज कुमार यादव , विशिष्ट अतिथिमा आरविन्द श्रीवस्ताव , राम प्रसाद चौधरी , शुद्धोधनका कृषि शाखा सहायक शैलेश पाठक , अनुसन्धान व्यवसाय विकास अधिकृत सरद पोख्रेल , सहायक अधिकृत सुनिलकुमार शाह, सहायक अधिकृत आयुष रेग्मी लगायत रहेका थिए ।


यस कार्यक्रमको आयोजना शुद्धोधन गाउँपालिका वडा नं. २ नन्दनगरमा रहेको कृषक बिज भन्डारले गरेको थियो ।
