
नविन यादव , सप्तरी
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा एउटा बिद्यालयमा १७ वर्षदेखि राहत शिक्षकको भरमा पठनपाठन सञ्चालनमा रहेको पाइएको छ।
नेपाल सरकारको स्थायी दरबन्दी नरहेको सो पालिकाको वडा नं.७ सडेपार स्थित रहेको श्री हरिहर,हरिनारायण आधारभूत बिद्यालयको पठनपाठन अहिलेसम्म सम्म एक जना राहत शिक्षक र कार्यालय सहयोगीको भरमा संचालन रहेको पाइएको हो ।
स्थानीय हरिनारायण यादव र हरिहर देवले १० कठा १३ धुर जग्गा दान गरेपछि वि.स.२०६३ सालमा सो बिद्यालय स्थापना हुँदा त्यसयता एकजना राहत शिक्षक र कार्यालय सहयोगीको भरमै बिद्यालय संचालन छ ।

जिल्ला शिक्षा कार्यालय सप्तरीबाट २०६५ सालमा कक्षा एक देखी तिनसम्म संचालन गर्न अनुमति प्राप्त भएको प्रधानाध्यापक अरुण कुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार दाता परिवारकी ललिता देवी यादवलाई पिसिएफ कोटाबाट र दुई जना निजि स्रोतबाट शिक्षक कार्यरत थिए । २०७० साल साउन २८ गते नेपाल सरकारको स्थायी प्रअको रुपमा शिव नारायण मण्डल हाजिर भएपछी पिसिएफ कोटाबाट कार्यरत रहेकी ललिताले राजिनामा दिइन् ।
हाजिर भएपछी प्रअ मण्डलले राहत शिक्षक र कार्यालय सहयोगीको बिज्ञापन गरेर नयाँ नियुक्ति गरेको पाइएको छ।कार्यालय सहयोगीमा शारदा कुमारी मण्डल र राहतमा अरुण यादवको नियुक्ति भयो ।बप्रअ मण्डलको अवकाश भएदेखि अहिलेसम्म उनीहरु दुई जनाकै भरमा बिद्यालय सञ्चालनमा रहेको छ।
उहिले विद्ययार्थीको संख्या ९० जनाको थियो । वि.स २०८०/०१/१२ गते प्र.अ शिवनारायण मंडलको अबकास भएपछि सो विद्यालयलमा प्र.अ को नियुक्ति शिक्षक अरुण कुमार यादवलाई दिए । बर्तमान प्र.अ अरुण कुमार यादवको अनुसार विद्यालयलमा कक्षा १ देखी ५ सम्मा विद्ययार्थीको संख्या ११९ जना रहेको छ । राहत कोटाको कार्यलय सहगोगीको भरमा विद्यालयल संचालन हुदै आएको छ । हामी पालिकासंग एक जना शिक्षक र एक जना शिक्षीका माग गरेको समेत प्रअ यादवले बताए ।
