मातृभाषा अवधी भएकोमा गर्ब छ : मेयर शाह

0
Quantam abroad studies

एस एम न्युज , पुस २१
जिल्लाको बहादुरगंजमा स्थानीय अवधी लोक साँस्कृतिक, गीत संगीत संरक्षण सम्बर्द्धन कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा अवधी भाषाको गित मार्फत दाइजो प्रथाको अन्त गर्न र सरसफाइमा ध्यान दिन जागरुकता फैलाइएको थियो । स्थानिय कलाकारहरुले धोबियवा, कहरवा, फगुवा, चैता, कजरी, सोहर, बिरहा लगायतका गित गाएका थिए ।

सोही कार्यक्रमका प्रमुख अतिथि रहेका कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले लुम्बिनी प्रदेशमा अवधी भाषीको संख्या धेरै रहेको हुँदा समेत कुनै नेताले अवधी भाषा र संस्कृति संरक्षण र प्रबर्द्धनमा सहयोग नगरेको बताउनुभयो । मेयर शाहले उहाँको मातृभाषा अवधी भएकोमा उहाँलाइ गर्ब रहेको र आउने दिनमा यस भाषा , संस्कृतिको संरक्षण र प्रबर्द्धनका लागी आफुले सक्दो काम गर्नुका साथै पालिकाबाट बजेट समेत छुट्टाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै संरक्षण र प्रबर्द्धन कार्यक्रममा बोल्दै कृष्णनगर नपा.-९ का अध्यक्ष शतिस हरिजनले आफ्नो भाषा , संस्कृति र कलाको संरक्षण र प्रबर्द्धनका लागी आफ्नो वडामा कार्यक्रम भएको हुँदा निकै खुशी रहेको बताउनुभयो । अध्यक्ष हरिजनले आफ्नो वडामा यस्ता कार्यक्रमलाइ निरन्तरता दिने र स्थानीय कलाकारलाइ मंच उपलब्ध गराइ कला देखाउने मौका प्रदान गर्ने पुर्ण प्रयास गर्ने समेत बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अवधी पत्रकार संघका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले भाषा आयोगले निर्धारण गरेको निति स्थानीय तहले अवलम्बन गर्नु पर्ने बताउनुभयो । केन्द्रिय उपाध्यक्ष धोबीले स्थानिय तहले भाषा सम्बन्धि निति नबनाउदा चलन चल्तीमा अवधी भाषा नआउँदा जनप्रतिनिधिबाट नै हामी ठगिएको बताउनुभयो ।

sahani furniture udyog


स्थानीय अवधी लोक साँस्कृतिक, गीत संगीत संरक्षण सम्बर्द्धन कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले पश्चिमि प्राभाव र बिकृतिलाइ निरुत्साहित गर्दै नयाँ पिढिलाइ अवधी भाषा , संस्कृति , कला संरक्षण गर्न जागरुक गर्नुपर्ने धारणा राख्नु भएको थियोे । कार्यक्रममा अवधी भाषाका गायक , कलाकार र अभियन्तालाइ सम्मान समेत गरिएको थियो ।

कार्यक्रम अवध जागरण मिडिया प्रा. लि. को आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं. ९ को सहयोगमा भएको थियो । कार्यक्रममा त्यस क्षेत्रका स्थानिय अवधी भाषी कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेको अवध जागरण मिडियाका अध्यक्ष निरहु यादवले जानकारी दिनुभयो । यस्तै कार्यक्रम संचालन अवधेश यादवले गर्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.