कपिलवस्तुमा ब्राउन सुगर सहित एक युवक पक्राउ

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलवस्तु
जिल्लाको ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले लागू औषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ ।

कृष्णनगर बजार बाट चन्द्रौटा तर्फ पैदल जादै गरेका १९ वार्षिय ईम्तेयाज अहमदलाई प्रहरीले बिहिवार पक्राउ गरेको हो । इप्रका कृष्णनगर गेट अगाडि चेकिङका क्रममा निजको साथमा ब्राउन सुगर बरामद गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनु भएको छ। कृष्णनगर नगरपालिका ३ झन्डेनगर घर भएका ती युवक लागू औषध सेवनकर्ता तथा कारोबारी समेत रहेकोे प्रहरीलाई सुचना मिलेको थियो ।

प्रहरीले निजलाई अदालतबाट ५ दिनको म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

Leave A Reply

Your email address will not be published.