कृष्णनगरमा नाईट टी २० क्रिकेट टूर्नामेंट शुरु

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु
कपिलवस्तुको कृष्णनगरमा नाईट टी २० क्रिकेट टूर्नामेंट शुरु भएको छ।

जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुको आयोजनामा कृष्णनगर नपा २ को रानीफिल्डमा नाईट टी२० क्रिकेट टूर्नामेंटको उद्धघाटन मंगलवार रात्रि ९:३० बजे भएको छ।

उद्धघाटनको दिन आजाद झण्डानगर र युवा क्रिकेट क्लब विजयनगर बीच १०/१०‌ ओभरको खेल शुरु भएको थियो ।आज़ाद झण्डानगरले १० ओभरमा ७८ रनको लक्ष्य दियो भने जवाफि व्याटिंगमा युवा क्रिकेट क्लब विजयनगरले ७८ रनको लक्ष्य पुरा गर्दै ६ विकेटको साथ उक्त प्रतियोगिता जितेको आयोजक समितीले बताए।

उद्धघाटनको प्रथम टुर्नामेन्ट युवा क्रिकेट क्लब विजयनगरले जित हासिल गरि मैन ऑफ द मैच सुनिल पाण्डेयले प्राप्त गरेको आयोजक समितिका तारिक खानले बताएका छन।

sahani furniture udyog

जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुले आयोजना गरेको नाईट टी२० क्रिकेट टूर्नामेंटको उद्धघाटन सत्रमा स्पोर्ट्स क्लबका संरक्षक मिर्ज़ा राशिद बेग, राप्रपा का लुम्बिनी प्रदेश समिती सदस्य दीपक रजौरिया,नेकपा (एमाले)का नेता तथा समाजसेवी शिव प्रसाद जायसवाल, मित्र राष्ट्र भारतका नगर पंचायत बढनीका  चेयरमैन सुनील अग्रहरी, नेकपा माओवादीका कृष्णानगर अध्यक्ष जावेद आलम खां क्रिकेट प्रेमी पुर्व एम्पायर विनय शर्मा लगायत अतिथीहरुको उपस्थिति थियो। 

जय स्पोर्ट्स क्लब कपिलवस्तुले कृष्णनगरमा तेस्रो पटक नाईट टी२० क्रिकेट टूर्नामेंटको आयोजना गरेको र आउने दिनमा पनि  क्रिकेट प्रेमी युवाहरुको लागि लगातार क्रिकेट टूर्नामेंटको आयोजना गरिने प्रतिबद्धता आयोजक समितीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.