सगरहवामा मापदण्ड बिपरित मुर्ति कार्यशालालाइ एचआइए (HIA) नचाहिने समान्य खानेपानी र शौचालय बनाउन एचआइए (HIA) चाहिने

0
Quantam abroad studies

अजय सहानी , कपिलवस्तु
कपिलवस्तु नगरपालिका -९ मा अवस्थित सगरहवा जिल्लामात्र नभइ सिङ्गो देशको लागी एक महत्त्वपूर्ण एतिहासिक , पुरातात्त्विक र पर्यटकिया स्थल हो । यसै ठाउँमा हालै अनावश्यक काममा लाखौं खर्च गरिएको छ भने त्यहाँको आवस्यकता र अभाव पुरा गर्न कसैलाई चासो छैन।

सगरहवा कौशल देशका राजा प्रसेनजितका पुत्र विरुद्धकले शाक्यहरु विरुद्ध प्रतिशोध स्वरुप ७७ हजार बौद्ध भिक्षु तथा शाक्यहरुको हत्या गरेको क्षेत्र हो । त्यहाँ रहेको पोखरीको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार गरेको सम्झनामा सयौँ स्तुुपाहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन साङको सन् ६३६ को यात्रा वर्णनमा उल्लेख छ । सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुुरहरद्वारा गरिएको उत्खनन अन्वेषणमा ठूूलो वर्गाकार स्तूपको चारै दिशामा हजारौँको संख्यामा साना स्तूप त्यसलाई शाक्यहरुको सामूहिक चिहानका रुपमा पनि पुरातत्वविदहरुले लिने गरेका छन् । यो ठाउँको र यसको महत्त्वको प्रचारप्रसार हुन् नसक्दा सगरहवा ओझेलमा परेको स्थानीयको बुझाइ छ । राम्रो संग प्रचारप्रसार नभएता पनि केहि मात्रमा स्वदेशी र बिदेशी पर्यटक आउने गरेका छन् ।

तर बडो बिडम्बना के छ भने यस्तो महत्त्वपूर्ण स्थलमा पर्यटकलाइ छिर्न एउटा गेट समेत बन्न सकेको छैन । त्यहाँ हिडनलाइ बाटो समेत छैन । पर्यटक आएको खण्डमा पानी खान नल्का , शौचालय समेत नहुनु लाजमर्दो कुरा रहेको छ । बजेट नभएको भने होइन । पुरातात्त्विक मापदण्ड बिपरित गत पुस ३३ देखी माघ ८ सम्म लुम्बिनी बिकास कोष , कपिलवस्तु नगरपालिका लगायत विभिन्न संघ संस्थाको कुल ५५ लाख लगानीमा मुर्ति कार्यशाला चलाइयो । त्यो कार्यशाला सुनुयोजित रुपमा भ्रष्टाचार गर्नलाइ नै आयोजना गरिएको भन्दै चौतर्फी आलोचना समेत भएको थियो । चौतर्फी आलोचना पछि सुतिरहेको निकाय पुरातत्व बिभाग बिउझिन्छ र अनुमति बिना मापदण्ड बिपरित उक्त मुर्ति कार्यशाला आयोजना गरिएको बताउँछ । यसैगरी पुरातत्त्व बिभागले यथा शिघ्र सगरहवा क्षेत्रबाट मुर्ति कार्यशालामा बनाइएका मुर्तिहरुलाइ त्यहाँबाट हटाउन आदेश गर्छ ।

मुर्ति कार्यशाला आयोजना हुँदा पुर्ब मन्त्री तथा प्रदेश सभा सदस्य बिस्णु पन्थी , कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेल , लुम्बिनी बिकास कोषका पदाधिकारी , कर्मचारी , विभिन्न पार्टीका अगुवा , समाजसेवीहरुको उपस्थिति रहेको थियो । तर लाजमर्दो कुरा के भने यत्रो महत्त्वपूर्ण ब्याक्तित्वहरु उपस्थित रहदा पनि सगरहवामा नल्का , शौचालय , गेट , सूचना पाटी , बाटो वा फुट ट्रेकको अभाव कसैलाई खटकिएन । अनावश्यक विषयमा ५५ लाख खर्च हुँदा समेत ५० हजारको नल्का बिहिन रहेव सगरहवा ।

यसरी महत्त्वपूर्ण ब्याक्तित्वहरु सगरहवा पुगिरहदा समेत त्यहाँको आवस्यकता र बिकासको कुरा नउठनुमा यसलाइ सुनियोजित रुपमै पछाडी पार्न कुनै गिरोह लागिपरेको अनुभुती भैरहेको युवा नेता उदयभान यादवले बताउनु भएको छ ।

यसै विषयमा लुम्बिनी बिकास कोषको परिषद सदस्य गोपि कृष्ण शर्मा संग प्रतिक्रिया लिदा उहाँले सगरहवा लुम्बिनी बिकास कोषको दायित्व भित्र पर्ने र कोषले यस क्षेत्रमा माटो भित्र रहेको संरचना उजागर गर्दै पर्यटकलाइ देखाउने बाताबरण बनाउनु पर्ने बतानुभयो । यस क्षेत्रमा ढुङ्गा काठ आदिका नयाँ मुर्ति या कुनै बस्तु बनाउन नहुने हो र यस अघिको मुर्ति कार्यशालाको आफुले नैतिक बिरोध गरेको सदस्य शर्माले बताउनुभयो । सदस्य शर्माले मुर्ति कार्यशालामा खर्च गरिएको पैसाले फुट ट्रयाक बनाउन , उतखन्न र भेटिने संरचना वा अवशेषको संरक्षण गर्न सक्ने समेत बताउनुभयो ।

यसैगरी सगरहवामा पर्यटकलाइ अतिआवस्यक सुबिधाको रुपमा खानेपानीको लागी नल्का वा अन्य स्रोत र शौचालय समेत नहुनु र निर्माण गर्नु पर्ने विषयमा सोध्दा सदस्य शर्माले यो आवस्यक विषय हो तर अधिग्रहण गरिएका जग्गा सहित कोटको युनिस्कोको टोलि आएको बेला एचाआइएको (HIA – Heritage Impact Assessment ) माग गरि एचआइए भएसि मात्र त्यस पुरातात्त्विक क्षेत्रमा केहि गर्न मिल्ने दाबि गर्नुभयो ।

यस्तै यसै विषयमा प्रतिक्रिया लिन लुम्बिनी बिकास कोषका सदस्य सचीव सानु राजा शाक्यलाइ फोन गर्दा उहाँको फोन उठन सकेन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.