१० जना नेपाली हज तिर्थ यात्री साउदी राजाको निमंत्र्नामा मक्का प्रस्थान

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु
नेपालका लागि साउदी अरबका राजदूत साद बिन नासेर अबु हैमदले यस हिजरी वर्ष १४४५ को हजका लागि साउदी राजा सलमान बिन अब्दुलअजिजको विशिष्ट अतिथिको रूपमा १० जना नेपाली हाजीलाइ बिदाइ गर्नुभएको छ ।

साउदीमा इस्लामिक मामिला मन्त्रालयले आयोजना गरेको यस वर्षका लागि ८८ देशका कुल २३०० जनामध्ये नेपालबाट १० जनालाई साउदी राजाले अनुमोदन गरेको थियो। राजदूत अबु हैमदले यस अवसरमा पुष्टि गरे कि साउदी अरबले दुई पवित्र मस्जिदका संरक्षक र उहाँका युवराजको निर्देशनमा हज तिर्थ यात्रीहरुलाइ हज अनुष्ठानलाई सहजता प्रदान गर्न र उच्च गुणस्तरको साथ उत्तम र उत्कृष्ट सेवाहरू प्रदान गर्दै पूर्ण हेरचाह गरेको छ। यस आवसरमा हज तीर्थयात्रीहरुले न्यानो मेजबानिको लागि दुई पवित्र मस्जिदका संरक्षकलाई हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरे।

sahani furniture udyog

सो अवसरमा नेपालस्थित साउदी दूतावासका सदस्यहरु तथा मुस्लिम आयोगका सदस्यहरुको उपस्थिति रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.