
कृष्णनगर , असार १०
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले ७१ करोड ४० लाख ३६ हजार बजेट ल्याएको छ । आज १२ औँ नगर सभाबाट उक्त बजेट प्रस्तुत गरिएको हो। नगर उप-प्रमुख आरतीदेबि चौधरीले बजेट प्रस्तुत गर्दै आर्थिक विकास तर्फ १० प्रतिशत, सामाजिक विकास तर्फ १५ प्रतिशत, पूर्वधार विकास तर्फ ६० प्रतिशत बन तथा वातावरण तर्फ ८ प्रतिशत र सुशासन प्रवर्द्धन तर्फ ७ प्रतिशत बजेट निर्धारण गरेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले नगरले प्रस्तुत गरेकाे ७१ कराेड ४० लाख ३६ हजारकाे बजेटमा सामाजिक सुरक्षा भत्ता समावेश नगरिएको बताउनुभयो । आफू नगरको विकासको लागि अहोरात्र खटेर काम गरिरहेको बताए । सडक,शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि लगायतलाई प्राथमिकता दिदै चालु आवमा भए गरेका कामको बारेमा सभाका सदस्यहरुलाई जानकारी गराउँनुभएको थियो । मेयर शाहले शिवराज अस्पतालको लागि ९० लाख बजेट बिनियोजन गरेको बताउनुभयो ।

कृष्णनगर नगरपालिकाले जनताको चाहाना अनुसार योजना निर्माण गरेको नगर प्रमुख शाहको दावि रहेको छ ।
प्रदेश र केन्द्रका योजनाहरु पनि नगरमा रहेकोले नगरलाई समृद्ध बनाउन आफु दृढ रहेको समेत जिकिर गर्नुभयो ।

