
कपिलवस्तु , असार १०
दलित सामाजिक बिकास केन्द्र ले एक दिने नि:शुल्क मनोचिकित्सक बिशेषज्ञ सेवा संचालन गरेको छ । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ५ मा रहेको यशोधरा आधारभूत अस्पतालमा विभेद रहित समतामूलक समाज भन्ने नारा सहित मानसिक स्वास्थ्य शिविर संचालन गरेको हो ।
नि:शुल्क मानिसका स्वास्थ्य शिविरबाट ९५ जना लाभान्वित भएका कुरा यूनाइटेड मिसन टु नेपाल (यू.एम.एन) र दलित सामाजिक विकास केन्द्र को संयुक्त साझेदारीमा संचालित मानसिक स्वास्थ्य परियोजना को कार्यक्रम संयोजक निर्मला सिहंले जनकारी दिनुभएको छ। मनोचिकित्सक तथा मनोरोग बिशेषज्ञ डाक्टर माैसमी थापा र डाक्टर सन्दीप कुमार बर्मा ९५ जना लाई चेकजाँच गर्दा ८० जनामा मानसिक स्वास्थ्य समस्या देखिएको सिंह ले जानकारी दिनु भयो ।
बहिरंग वा अन्य सामान्य प्राथमिक सेवा जुनसुकै ठाउँमा उपचार पाइने तर मानसिक स्वास्थ्य समस्या को बिशेषज्ञ सेवा सबै ठाउँमा नमिल्ने भएकोले नि:शुल्क मानसिक स्वास्थ्य शिविरमा बिशेषज्ञ सहितको सेवा प्रदान गरिएको यूनाइटेड मिसन टु नेपाल (यू.एम.एन) को सहयोगमा संचालित मानसिक स्वास्थ्य परियोजनाका परियोजना व्यवस्थापक ललित चाैधरीले बताउनु भएको छ । मानसिक स्वास्थ्य बिशेषज्ञ सेवा आफ्नै गाउँ ठाउँमा पाउदा सेवा ग्रहीहरु खुसी भएका थिए ।
कार्यक्रममा दलित सामाजिक विकास केन्द्र का अध्यक्ष सूर्यमति पासी ,यशोधरा आधारभूत अस्पताल कर्मचारी , संस्था का कर्मचारी लगायत को सहभागीत रहेको थियो । कार्यक्रम दलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिसन टु नेपाल (यू.एम.एन) को संयुक्त साझेदारीमा संचालित मानसिक स्वास्थ्य परियोजनाको आयोजना र यशोधरा गाउपालिका को सामान्यमा भएको थियो ।
