
कपिलवस्तु ,असार ५ कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा रहेको प्रगतिशील युवा समाजद्वारा मायादेवी गाउँपालिकामा गुणस्तरीय शिक्षा कायम गर्नको लागि स्थानिय सरोकारवालाहरुसंगको अंतरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
मायादेवी गाउँपालिकामा शिक्षाको गुणस्तर खस्दै गएको बताउदै शिक्षाको गुणस्तर राम्रो बनाउनको लागि सरोकारवालाहरुसंग बृहत् अंतरक्रिया कार्यक्रम पहिलो पटक प्रगतिशिल युवा समाजले आयोजना गरेको हो । मायादेविको विभिन्न विद्यालयहरुको शैक्षिक स्तर दयानिय अवस्थामा रहेको र पठनपाठनमा समेत ठूलो कमि कमजोरी रहेको बताउदै यस प्रगतिशिल युवा समाजले उक्त कार्यक्रमको आयोजना गरेको हो। शिक्षाको गुणस्तर कायम गर्नाको लागि गाँउपालिकाको महत्वपूर्ण जिम्मेवारी रहेकोले यस कार्यमा गाँउपालिकाले विशेष भूमिका निर्वाह गर्नुपर्ने भनी श्री मुनेश्वर मा.वि. का शिक्षकहरुले बताए । त्यसैगरी गाँउपालिकाले विभिन्न विद्यालयहरुको नियमित अनुगमन गर्दा एकदमै राम्रो हुने थियो भनेर जिग्नीहवा स्कूलका प्र.अ रामदेव कोरिले बताएका छन् ।
मायादेवी गाँँउपालिकाको विभिन्न विद्यालयहरुमा रहेको शिक्षकको अभावलाई छिटो भन्दा छिटो पूरा गर्ने गरि योजना बनाईरहेको मायादेवी गाँउपालिकाको शिक्षा शाखा प्रमुख मधाव प्रसाद घिमिरेले जानकारी दिएका छन् । यसैगरी मायादेवी गाँउपालिकाको शैक्षिक स्तरमा सुधार गरि गुणस्तरीय शिक्षा कायम गर्न तत्कालै शैक्षिक योजना बनाउने मायादेवी गाँउपालिकाको प्रमुख वलिउद्दिन मुसलमानले प्रतिबद्धता समेत जाहेर गरे ।

युवा समाजले आयोजना गरेको उक्त कार्यक्रम यसै संजालको उपाध्यक्ष अनुप चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ भने कार्यक्रम सिवाइसिसी संस्थाको सामाजिक अभियन्ता विशाल सिंह यादवले संचालन गरेका थिए ।
कार्यक्रममा गाउँपालिका प्रमुख वलिउद्दिन मुसलमान ,शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरे ,शिक्षक रामनेवास चौहान , रामदेव कोरी, अभिभावक लगायत विभिन्न संघ सस्था एवम संजालका युवाहरुको उपस्थिती रहेको थियो ।
