कपिलवस्तु , असार १४
बुद्धुभुमि १० धनकौली वडा को सार्वजनिक सुनुवाइ आज सम्पन्न भएको छ । बुद्धुभुमि नगरपालिका वडा नम्बर १० धनकौली वडा एक कार्यक्रम को बीच वडा कार्यालय को सभहलमा सर्वाजनिक सुनुवाइ भएको हो ।
कार्यक्रम सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मगाहर्ज को अयोजन र बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौलीको सहयोगमा भएको थियो । बुद्धभूमी नगरपालिका वडा नम्बर १० को धनकौली कार्यालय बाट दिने सेवाहरुको बारेमा सार्बजनिक सुनुवाई कार्यक्रम आर्थिक बर्ष २०८०/०८१ माघ देखी अषाढ सम्म को प्रगाति बारे बिबारण सामुदायिक रेडियो कपिलवस्तु को फोकल प्रर्सन दिलिप कुमार यादवले प्रस्तुत गर्नु भएको थियो ।
धनकौली कार्यालय बाट दिने सेवाहरुको बारेमा साजसेवी राधेश्यम चौधरीले जनताको बीचमा खुल्ला ठाउँमा गर्न र प्रतिबेदनमा गरेकोकार्य को बजेट पनि अगामी दिनमा राखेर सार्बजनिक सुनुवाई कार्यक्रम गर्ने सुझावा दिनु भएको थियो । सार्बजनिक सुनुवाई कार्यक्रम धेरे जन सहाभागिता गरेरा खुल्ला ठाउँमा राख्न र शिक्षा , स्वास्थ्य जस्ता बिषयमा धेरै भन्दा धेरै समेटेर वडा बाट संचालन गर्न कपिलवस्तु राष्टिय मा.वि चेतरादेई का प्राधानध्यापक परासुराम यादवले सुझावा दिनु भएको थियो ।
कार्यक्रम उठेक प्रश्नहरुको अगामी दिनहरुमा सम्बोधन गर्दै अगाडी बढ्ने वडा सचिव जीत बहादुर यादव प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अएक प्रशन र सुझाव लाई सुधार गरेर अगाडि बढ्ने कार्यबहक वडा अध्यक्ष त्रिभुवन कुर्मी प्रतिबद्धाता जनाउनु भएको थियो ।
कार्यक्रम वडा नम्बर १० का कार्यबहक वडा अध्यक्ष त्रिभुवन कुर्मीको अध्यक्षतामा भएको थियो । वडा सदस्या मेघनाथ केवट , समुन्द्री कोरी , वडा सचिव जीत बहादुर यादव , विभिन्न विद्यालयका अध्यक्ष वा प्राधानध्यापक , संघसंस्थाका पतिनिधि , युवा कलब , बालकलब ,सामुदायिक रेडियो कपिलवस्तुका स्टेसन म्यानेजर शत्रुघन खरविन्द लगायतको अतिथता रहेको थियो ।कार्यक्रमको संचालन सामुदायिक रेडियो कपिलवस्तु सहकार्मी सविता गुप्ताले गर्नु भएको थियो ।