पहिलो पटक धान महोत्सव राजा शुद्दोधनले कपिलवस्तुमा मनाएको इतिहास छ – बलदेव

0
Quantam abroad studies

कपिलवस्तु , असार १५
२१ औ धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी केन्द्र ) ले धान रोपाइ कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रम मायादेवी गाउँपालिका वडा नं. १ स्थित सेमरौटिमा आयोजना गरिएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेताकार्यकर्ता तथा विभिन्न समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता केन्द्रिय सचीव एवं पुर्ब कृषि तथा पशुपन्छि मन्त्री चक्रपणि खनाल ( बलदेव ) प्रमुख अतिथि रहेका थिए । नेता बलदेव संगै अन्य नेताकार्यकर्ताले धानको बिउ रोप्दै धान दिवस मनाएका थिए । धान रोपाइ पछि उपस्थित सबैले दहि चिउरा , गुड र केरा खाइ कार्यक्रमलाइ अघि बढाएका थिए । सोही अवसरमा बोल्दै नेता तथा पुर्ब मन्त्री बलदेवले धान दिवस पहिलो पटक कपिलवस्तुमै राजा शुद्दोधनले मनाएको इतिहास रहेको बताएका थिए । उहाले कपिलवस्तुमा उत्पादित धान कुनै समय अन्य जिल्लालाइ समेत पाल्ने गरेको भए पनि अहिले युवाको कृषिबाट पल्यान र बैज्ञानिक खेतिको अभावमा उत्पादन कम भएको समेत बताए । उहाले यस जिल्लाको रैथाने धानका प्रजाति पहिचान गरि संरक्षण गर्नु पर्ने आवश्यकता रहेको समेत धारणा राखेका छन् ।

sahani furniture udyog

यसैगरी कृषि उपज बढाउन र कृषि उपजमा आत्मनिर्भर हुन् बैज्ञानिक खेतीमासरकारले जोड दिनु पर्ने र युवा पुस्तालाई कृषिमा प्रोत्साहन गर्दै कृषि क्षेत्रलाइ फाइदाजनक पेशाको रुपमा स्थापित गर्न सबै लाग्नुपर्ने धारणा माओवादी केन्द्रका जिल्ला इन्चार्ज रुद्र बन्जाडेले राख्नु भयो ।

उक्त कार्यक्रममा माओवादी केन्द्र जिल्ला संयोजक बिष्णु बेलबासे , केन्द्रिय सदस्य कमल चुडालि , प्रदेश सदस्य सलिम अन्सारी , अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी केन्द्र ) का प्रदेश उपाध्यक्ष नारायण भुसाल , पार्टी जिल्ला सदस्य संजय पासि लगायत नेताकार्यकर्ता को उपस्थिति रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.