कपिलवस्तुमा उल्लासका साथ मनाइयो छ्ठ , बिस्तारै सबैको साझा पर्ब बन्दै

0
Quantam abroad studies

एस एम न्युज , कपिलवस्तु

जिल्लाको बिभिन्न ठाउँ मा अस्ताउदो सुर्यलाइ अर्घ दिदै छठ पर्ब मनाइदैछ । जिल्लाको रामघाट  , तौलिहवाको जमुवार खोला लगायत जिल्लाको बिभिन्न खोला , ताल र पोखरिमा बिधिवत रुपमा छठ मनाइदै छ ।

sahani furniture udyog

खोला किनारमा फलफुल ठेकुवा , भुसुवा, मैदा , खजुरी लगायतका घरमै बनाइएका परिकार सथै उखु, नरिवल, मुला, मेवा, भान्टा, मुगफलि , सलिफा, केरा, बेसार , रुखै सँगको अदुवा , केराको बोट लगायतका समाग्री प्रसादको रुपमा राखी पुजा गरिएको छ ।  बिशेष गरि मधेश प्रदेशमा मनाइने गरिएको छठ पर्ब लुम्बनि प्रदेशको कपिलवस्तुमा समेत उल्लेख्य रुपमा मनाइन थालिएको छ । यस्तै कपिलवस्तुको तौलिहवामा छठ पर्ब मनाउनेको सख्या यस बर्स निकै बढेको पाइएको छ । छठ पर्ब बिस्तारै सबै समुदायको साझा पर्ब बन्दै गएको छ । यसैगरि भोलि बिहान उदाउदो सुर्यलाइ पुन अर्घ दिइ छठ पर्बको समापन हुनेछ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.