हुलाकी सडक निर्माण कार्यमा ठेकदार पक्षको मनोमानी बिभागले गुणस्तरमा सम्झौता नगर्ने दाबी

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु                              कपिलवस्तु जिल्लाको राजपुर देखि दत्तापुर सम्मा भैरहेको हुलाकी राजमार्गको सडक पट्टि निर्माणमा मनोमानि ढङ्गले माटोको सट्टा बालुवा प्रयोग गरेको पाइएको छ ।                                                                  

                                                                                 गोल्डेनलामा जेभि शिवशक्ति कन्सट्रकस्न ले पाएको उक्त्त ठेक्कामा ठेगदार कम्पनीले मापदन्ड बिपरित काम गरिरहेको पाइएको छ । केहि दिन अघि सुरहि खोलामा अबैध उत्खन्न गर्ने क्रममा बिबादित बनेका ठेकदार कम्पनी पुन हुलाकी राजमार्गको सडक पट्टि निर्माण गर्दा माटो को सट्टा बालुवा प्रयोग गरेको भन्दै बिबादमा तानिएका छ्न्। सडक जस्तो महत्वपुर्ण पुर्बधार निर्माणमा बालुवा प्रयोग गर्दा कम्पेक्सन राम्रो सगं नहुने , राम्रो सगं नखादिने र लुज भई चाडै भत्किने र भासिने हुदा सडक चाडै जिण हुनेछ । सडक पट्टि भत्के भासिए सडको पिच समेत धेरै दिन नटिक्ने प्राबिधकले बताउने गरेका छ्न । लामो समय पछि बनिरहेको हुलाकी राजमार्गमा लापरवाही र गणस्तरहिन काम हुदा त्यस भेगका आम बासिन्दाले गुनासो गरेका छ्न ।                                  

यसै बिषयमा हुलाकी  सडक डिभिजन कार्यालय गोरुसिगे कपिलवस्तुको तर्फबाट सो हुलाकी सडक निर्माण कार्य हेर्न खटाइएका इन्जिनियर पबित्रमणि अचार्यले ठेकदार पक्षले बिभागलाइ कुनै जानकारी नगराइ बिभागको प्राबिधिकको  सुपरभिजन बिना सो कार्य गरेको बताए । उनले आफुहरु सो कार्यको निरिक्षण गर्ने र गुणस्तरमा नकरात्मक प्रभाव पर्ने खालको समाग्री प्रयोग भएको पाइए ति सबै समाग्री हटाउन लगाइ पुन गुणस्तरिय समाग्री प्रयोग गराउने दाबि गरे । उनले हुलकी सडक निर्माण कार्यमा कुनै किसिमको लापरवाही वा मनमानि हुन नदिने समेत दाबि गरेका छ्न ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.