राज्यमन्त्री विक: “समुदायको नेतृत्वदायी भूमिकाबाट मात्रै दिगो विकास सम्भव

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु 

नेपाल सरकारकी वन तथा वातावरण राज्यमन्त्री रुपा विकले कपिलवस्तुको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। कृष्णनगर नगरपालिकाको आयोजनामा भएको स्वागत तथा अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै राज्यमन्त्री विकले वातावरण संरक्षणका लागि सबै तह र तप्काबीच सहकार्य अनिवार्य रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “वन र वातावरण जोगाउन सरकारले थुप्रै नीति तथा कार्यक्रम अघि सारेको छ। स्थानीय सरकार र जनताको सक्रिय सहभागिताबिना यी प्रयास सफल हुन सक्दैनन्।” राज्यमन्त्री विकले समुदायको नेतृत्वदायी भूमिकाबाट मात्रै दिगो विकास सम्भव हुनेमा जोड दिनुभयो।

sahani furniture udyog

कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगर नगरपालिकाले “हरित नगर अभियान”लाई प्राथमिकतामा राख्दै वातावरण संरक्षणमा विशेष ध्यान दिएको जानकारी गराउनुभयो। उहाँले संघीय सरकारले स्थानीय सरकारलाई थप सहयोग गर्नुपर्ने धारणा राख्दै, नगरपालिका र मन्त्रालयबीच सहकार्यलाई अझ बलियो बनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा स्थानीय प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रमुखहरू र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। स्थानीयहरूले राज्यमन्त्री विकलाई सम्मान गर्दै, नगरपालिका र मन्त्रालयको सहकार्यले कृष्णनगरको विकासलाई तीव्रता दिने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा समाजसेवी ब्रह्मानन्द उपाध्याय, भारत किशोर चौधरी, कृष्णनगरका जननिर्वाचित प्रतिनिधि, र अन्य स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.