कपिलवस्तु , मंसिर १३
कपिलवस्तुको तौलिहवमा रहेको कपिलवस्तु अस्पतालमा सन्ंचालित नि:शुल्क हाडजोर्नि चेकजाच शिविरको समापन भएको छ । उक्त शिविरमा १५ सय बढि बिरामीले नि:शुल्क उपचार गराइ लाभान्वित भएका छ्न । नेपाल अर्थोपेडिक अस्पताल काठमाडौं को प्राबिधिक र मेड सलुशन फाउन्डेसन स्विजरलेन्डको आर्थिक सहयोगमा शिविर संचालन भएको थियो ।
शिविरमा ६४ जना हाडजोर्नि बिरामीको नि:शुल्क सल्याक्रिया समेत भएको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चितलाइ लक्षित गर्दै शिविर संचालन गरिएको शिविर टोलिका चिकित्सक प्रकाश ज्ञवालीले बताए । फाउन्डेशनको संरक्षक रहेकि टोनि हेगनकि छोरि डाक्टर क्रटिन हेगनको निगरानीमा १७ जना को टोलिले शिविर संचालन गरेको थियो । समापन कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष शिवलाल यादवले गरे भने कार्यक्रम संचालन रत्नाकर शुक्लले गरेका थिए ।