,गैरकानूनी रूपमा भारत हुँदै नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक पक्राउ

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु 

जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, घेराउजोतस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्तीका क्रममा गैरकानूनी रूपमा नेपाल प्रवेश गरेका दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये ३२ वर्षीय LIGUANGUI को साथमा चिनियाँ पासपोर्ट भेटिएको छ भने ३५ वर्षीय XTAO को साथमा कुनै पनि पासपोर्ट वा परिचयपत्र फेला परेको छैन। उनीहरूलाई भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगर जिल्ला कक्रहवाका २३ वर्षीय अरबाज शेषले गाइड गरी नेपालतर्फ ल्याइरहेका थिए।

sahani furniture udyog

जाँचका क्रममा LIGUANGUI को साथबाट दुई थान ल्यापटप, छ थान विभिन्न ब्रान्डका मोबाइल फोन, भारतीय मुद्रा रु. १४,७५० (चौध हजार सात सय पचास) बरामद भएको प्रहरीले जनाएको छ।

गैरकानूनी रूपमा भारत हुँदै नेपाल प्रवेश गरेको आरोपमा तीनै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि आवश्यक प्रमाणसहित अध्यागमन कार्यालय, बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.