१ सय २३ केजी गाँजासहित दुईजना पक्राउ

0
Quantam abroad studies

प्रहरीले सुनसरी र चितवनबाट लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । सुनसरीको धरानबाट १ सय २३ केजी गाँजासहित धनबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

७ वटा बोरामा प्याक गरेको गाजा अटोमा लोड गरेर हिँडेको अवस्थामा उनी पक्राउ परेका हुन् । 

sahani furniture udyog

चितवनको रत्ननगर नगरपालिका–१० स्थित निपनी चोकबाट ४६ वर्षीय सरद लम्साल पक्राउ परेका छन् । उनको साथबाट २ किलो ८६४ ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.