बाणगंगा नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने गरिने

0
Quantam abroad studies

कपिलवस्तु – नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा मालपोत तथा नापी एकीकृत सेवा कार्यालय स्थापना गर्ने महत्वपूर्ण निर्णय गरेको छ।


यस निर्णयसँगै उत्तरी भेगका सेवाग्राहीलाई तौलिहवा पुग्ने झन्झट र कठिनाइबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ। हालका लागि जिल्लाको भूमिसुधार, मालपोत, र नापी कार्यालयहरू दक्षिणी क्षेत्रतर्फ मात्र सीमित हुँदा उत्तरी भेगका सेवाग्राहीहरूलाई पहुँचको अभावका कारण लामो दूरी तय गर्नुपर्ने बाध्यता थियो।

सरकारको यो कदमले प्रशासनिक सेवा सरल, सहज र प्रभावकारी बनाउँदै बाणगंगा नगरपालिकाका नागरिकहरूको आवश्यकतामा केन्द्रित सेवा प्रवाहमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

sahani furniture udyog

स्थानीय तहका जनप्रतिनिधिहरू, सामाजिक अगुवाहरू, र नागरिकहरूले यस निर्णयको स्वागत गर्दै यसलाई विकास र जनसुविधाको दिशामा गरिएको सकारात्मक कदमका रूपमा लिएका छन्। बाणगंगा नगरपालिकामा कार्यालय स्थापनासँगै स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना हुनुका साथै सरकारी सेवाप्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

अब, सेवाग्राहीहरूले नजिकैबाट सरकारी सेवा प्राप्त गर्न सक्नेछन्, जसले समय र स्रोतको बचत गर्नेछ। सरकारको यो निर्णयले कपिलवस्तु जिल्लाका जनताको जीवनस्तर सुधार गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.