
कृष्णानगर , कपिलवस्तु
यहि पुष १९ गते शुक्रवार उद्योग वाणिज्य संघ कृष्णानगरको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। यस क्रममा सचिव पदका युवा उम्मेदवार शहबाज खाँको उम्मेदवारीले व्यवसायिक क्षेत्र र समुदायको ध्यान खिचेको छ।
शहबाज खाँ व्यवसायिक क्षेत्रमा सक्रिय भएका र अनुभव भएका युवा हुन्। उनले व्यवसायीहरूको हकहितको संरक्षण, संघको सुदृढीकरण र समग्र व्यवसायिक क्षेत्रको उन्नतिको लक्ष्यसहित आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छ्न ।
हमिले युवा उम्मेदवार शहबाज खाँको उम्मेदवारीको प्रमुख कारण किन ? बारे उनै सगं बुझ्दा उनको प्रतिबद्द्ता यस प्रकार रहेको छ ।
- व्यवसायिक सुधारको वाचा: शहबाज खाँले व्यवसायिक समुदायले भोगिरहेका समस्याहरूको समाधानका लागि प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।
- संघमा नयाँ ऊर्जा र विचारधाराको आवश्यकता महसुस गर्दै, उनले युवाहरूको नेतृत्व स्थापित गर्न आफ्नो उम्मेदवारी अघि सारेका छन्।

- व्यवसायिक समुदायको विविध पक्षलाई समेटेर समान अवसर र अधिकार सुनिश्चित गर्ने उनको मुख्य एजेन्डा रहेको बताए ।
- संघको विकास र पारदर्शिता: संघको कामकाजलाई थप पारदर्शी, व्यवस्थित, र डिजिटल बनाउने योजनाले व्यवसायीहरूलाई आकर्षित बनाउने ।
- व्यवसायिक हितसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा पनि योगदान पुर्याउने उनको उद्देश्य छ।
- शहबाज खाँको उम्मेदवारीले व्यवसायिक समुदायमा एकता, समृद्धि, र प्रगतिका लागि आशा जागेको छ। यस कारण, धेरै व्यवसायीहरूले उनलाई सक्षम र प्रभावकारी उम्मेदवारका रूपमा हेरिरहेका छन्।
