हेटौँडामा ५ राउन्ड हवाई फायर: गैँडाको खागसहित एकजना पक्राउ

0
Quantam abroad studies

मकवानपुर जिल्लाको हेटौँडामा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मी टोलीले तस्करीमा संलग्न एकजनालाई पक्राउ गर्न ५ राउन्ड हवाई फायर गरेको छ। घटना हेटौँडा–५ गर्दौई र हेटौँडा–८ को सिमानास्थित प्लटिङ क्षेत्रमा भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तस्कर पक्राउको विशेष सुराकीका आधारमा चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतको नेतृत्वमा टोली खटिएको थियो। टोलीले तस्करीका लागि तयारी अवस्थामा रहेको समूहमाथि कारबाही गर्दै गैँडाको खागसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

sahani furniture udyog

प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार, ७–८ जनाको सैन्य टोली दुईवटा सवारीसाधनमा हेटौँडा आएको थियो। तस्कर भाग्न खोजेपछि टोलीले नियन्त्रणका लागि हवाई फायर गर्नु परेको थियो। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान र कानूनी प्रक्रियाका लागि चितवन राष्ट्रिय निकुञ्जमा लगिएको छ।

घटनाबारे विस्तृत जानकारी निकुञ्ज प्रशासनबाट सार्वजनिक गरिने जनाइएको छ। गैँडाको खाग तस्करी रोकथाम र वन्यजन्तु संरक्षणका लागि गरिएको यो कारबाहीलाई स्थानीयहरूले सकारात्मक रुपमा लिएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.