कपिलवस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती

0
Quantam abroad studies

नेपाल-भारत सीमाको कपिलवस्तु क्षेत्रको सुरक्षा सुनिश्चित गर्न संयुक्त सुरक्षा गस्ती सञ्चालन गरिएको छ। गस्तीको मुख्य उद्देश्य सीमा क्षेत्रमा भइरहेको चोरी, तस्करी, अवैध पैठारी-निकासी न्यूनीकरण, सीमावर्ती अपराध नियन्त्रण, सीमा अतिक्रमण रोकथाम, र सीमास्तम्भको अवस्था जाँच गर्नु हो। साथै, सीमाको आसपास बसोबास गर्ने स्थानीय बासिन्दाको सुरक्षा समस्याबारे पनि छलफल गरिएको छ।

यो संयुक्त सुरक्षा गस्ती सीमा क्षेत्रका आपराधिक गतिविधिहरू नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायहरूको सहकार्यमा सुरु गरिएको हो। गस्तीका क्रममा दसगजा क्षेत्रमा सुरक्षाकर्मीहरूको टोलीले सीमा क्षेत्रमा भएको गतिविधिहरूको निरीक्षण गरेको छ। गस्ती टोलीले सीमास्तम्भ नम्बर ५६० देखि ५६५ सम्मको क्षेत्रमा गस्ती गरेको छ।

sahani furniture udyog

यस गस्तीमा नेपालतर्फ इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको सहभागिता थियो भने भारततर्फ सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले भाग लिएका थिए। नियमित रूपमा यस किसिमको गस्ती सञ्चालन गरिने योजना रहेको जानकारी दिइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.