घरभित्रै दिदीबहिनी मृत अवस्थामा फेला

0
Quantam abroad studies

 सल्यानमा दिदीबहिनी घरभित्रै मृत भेटिएका छन् ।कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना मृत फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय, सल्यानकाअनुसार घटना बुधबार बिहानको हो । सो समयमा आमा पूर्णिमा राना घरमै थिइन् । बाबु टेकमान राना भने रोजगारीका सिलसिलामा नुवाकोटमा छन् । मृत भेटिएका दिदीबहिनीमा कुनै स्वास्थ्यमा कुनै समस्या नरहेको कारण घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ ।घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.