बालविवाह विरुद्ध नेपालगञ्जका युवाहरूको शंखघोष

0
Quantam abroad studies

नेपालगञ्ज । व्याप्त अवस्थामा रहेकाे बालविवाहको कुप्रथालाई निरुत्साहित गर्न नेपालगञ्जका युवाहरूले एक सशक्त कदम चालेका छन्। समृद्धि फाउन्डेसन नेपालले युवाहरूको सक्रिय सहभागितामा बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा युवा क्लब गठन गर्ने अभियान थालेको छ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग र एसिया फाउन्डेसनको मुख्य कार्यान्वयनमा सञ्चालित युएसएआइडी नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवा क्लब गठन कार्यविधि, २०७५ बमोजिम १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूलाई समेटेर वडास्तरीय युवा क्लब गठन भइरहेको छ।

समृद्धि फाउन्डेसन नेपालका कार्यक्रम संयोजक शकिल अहमद खानका अनुसार हालसम्म नेपालगञ्ज उपमहानगरपालिकाका १३ वटा वडामा युवा क्लब गठन भइसकेको छ भने बाँकी वडाहरूमा पनि क्लब गठन गर्ने तयारी तीव्र पारिएको छ।

यो अभियानको मुख्य उद्देश्य बालविवाह, दाइजो प्रथा जस्ता सामाजिक हानिकारक प्रथाहरूलाई युवाहरूको संगठित प्रयासबाट न्यूनीकरण गर्नु हो। युवाहरूलाई सामुदायिक गतिविधिमा सहभागी गराई स्थानीय युवाहरूबीच बलियो सम्बन्ध स्थापित गराउने लक्ष्य पनि राखिएको छ।

sahani furniture udyog

कार्यक्रम संयोजक खानले भने, “हामीले सचेत, सजग र सशक्त युवाहरूको उपलब्धता सुनिश्चित गर्ने लक्ष्य लिएका छौं। युवाहरूलाई संगठित गरेर उनीहरूको ऊर्जालाई समाजको सकारात्मक परिवर्तनमा लगाउन चाहन्छौं।”

यस अभियानले युवाहरूलाई सामाजिक कुरीतिविरुद्ध लड्न र समाजमा सकारात्मक सन्देश फैलाउन एक महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने विश्वास गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.