
कपिलवस्तु – इलाका प्रहरी कार्यालय गणेशपुरले २५ वर्षदेखि फरार लागुऔषध अभियुक्तलाई पक्राउ गरेको छ। बिजयनगर गाउँपालिका-१ निवासी ५१ वर्षीय कृष्ण बहादुर चौधरीलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो।

चौधरीमाथि २०५६ साल चैत २८ गते जिल्ला अदालत तौलिहवाले लागुऔषध (ब्राउन सुगर) मुद्दामा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको निर्णयपछि फरार रहेका चौधरीलाई पौष २१ गते पक्राउ गरिएको छ।
पक्राउपछि उनलाई पौष २२ गते अदालतमा उपस्थित गराई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय तौलिहवा पठाइएको छ।
