चर्चित कथावाचिका देवी प्रतिभा देवघाट महामहोत्सवका लागि नेपालमा

0
Quantam abroad studies

विश्व चर्चित कथावाचिका देवी प्रतिभा माघ १ गतेबाट सुरु हुने देवघाट महामहोत्सवका लागि नेपाल आइपुगेकी छिन्। आयोजक कमिटीका सदस्य नारायण भण्डारीका अनुसार आइतबार भारतबाट १५ जनाको टोलीसहित आएकी प्रतिभाले आज दिउँसो ३ बजे भरतपुर महानगरपालिका-१ स्थित ठिमुरा रिसोर्टमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।

“प्यार से बोलो ना” भन्ने भनाइका कारण चर्चाको शिखरमा पुगेकी २३ वर्षीया काभ्रेली चेली प्रतिभा यसअघि पशुपतिनाथ मन्दिरमा १५ दिनसम्म कथा वाचन गरेर विश्वभरका नेपालीको मन जित्न सफल भएकी थिइन्। उनी विश्वकै सर्वाधिक खोजी गरिएका कथावाचिकाहरूमध्ये पर्छिन्। उनी १० दिनसम्म नेपालमा रहने कार्यक्रम छ।

देवघाट महामहोत्सवमा देवी प्रतिभाका साथै ईश्व्रकृष्ण महाराजजी, ओम प्रकाश गुरु, यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथा वाचन गर्नेछन्।

sahani furniture udyog

मकर स्नान माघ महामहोत्सवको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ यो महोत्सव आयोजना गरिएको हो। महोत्सवबाट उठेको रकम निर्माणाधीन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ।

माघ महिनाभर चल्ने मकर स्नान माघ महामहोत्सवमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने र विश्वकै नमुना मन्दिर देवघाट दिव्य धामको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको आयोजक कमिटीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.