टर्कीबाट ५ नेपाली निष्कासित

0
Quantam abroad studies

काठमाडौं – टर्कीले अवैधरुपमा बसोबास गरिरहेका पाँच जना नेपाली नागरिकलाई निष्काशन गरेको छ। उनीहरु शनिबार टर्किस एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन्। टर्की प्रहरीले केही दिनअघि उनीहरुलाई अवैधरुपमा बसोबास गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।

निष्कासित हुनेहरुमा जीवन राज आङदाम्बे, राजु सुनुवार, गोविन्द श्रेष्ठ, नरध्वज थारु र श्रीष थापा रहेका छन्।

स्रोतका अनुसार, पक्राउ परेका नेपालीहरु टर्कीलाई ट्रान्जिट बनाएर युरोप वा अमेरिका प्रवेश गर्ने प्रयासमा थिए। उनीहरुलाई काठमाडौंबाट मानव तस्करको सञ्जालले त्यहाँ पुर्‍याएको हुनसक्ने आशंका गरिएको छ। उनीहरुसँग आफ्नो राहदानी समेत थिएन, ट्राभल डकुमेन्ट बनाएर उनीहरु नेपाल फर्किएका छन्। मानव तस्करको सञ्जालले उनीहरुलाई अलपत्र पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। लुकिछिपी बसिरहेको अवस्थामा टर्कीको अध्यागमन प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

sahani furniture udyog

उनीहरु टर्कीमा रहँदा के कस्तो काममा संलग्न थिए भन्ने विषयमा भने थप विवरण आउन बाँकी छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.